2026-07-25 06:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

फिल्म खेलाउने भन्दै किशोरीलाई कोटेश्वरको गेस्ट हाउसमा लैजाने कलाकार पक्राउ

असार २४, काठमाडौँ । फिल्म तथा म्युजिक भिडिओ खेलाइदिन्छु भन्दै होटलमा लगेर बलात्कारको प्रयास गरेको आरोपमा एक कलाकार जेल पुगेका छन् ।

फेसबुकबाट साथी बनाएर कोठमाडौं बोलाउने र होटलमा लगेर जबरजस्ती गर्न खोजेको भन्दै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले एक कलाकारविरुद्ध अदालतमा मुद्दा दर्ता गरेको हो ।

१४ वर्षिया किशोरीलाई ओखलढुङ्गाबाट काठमाडौं बोलाएर कोटेश्वरको न्यू पूर्वेली गेस्ट हाउसमा लगेर जबरजस्ती करण गर्न खोजेको भन्दै सिन्धुपाल्चोक त्रिपुरा गाउँपालिकाका रमेश श्रेष्ठ पक्राउ परेका हुन् । नेपाली सेनाका जवान समेत रहेका उनी मुद्दा दर्तापछि पुर्पक्षको लागि थुनामा पुगेका छन् ।

उनले केही लोक तथा दोहोरी गीतमा अभिनय गरेका छन् । उनी १८ वर्षदेखि सेनामा जवान थिए । उनको उमेर ३६ वर्षको छ ।

उनले किशोरीलाई जेठ २४ गते ओखलढुङ्गाबाट काठमाडौं बोलाएका थिए । किशोरी कोटेश्वर आइपुगेपछि साँझ ६ बजे उनले न्यू पूर्वेली गेस्ट हाउसमा लगेर गएका थिए । चिसो खुवाउने बहानामा उनले होटेलको १ सय २ नम्बरको कोठामा लगेर गएका थिए ।

किशोरीले नमान्दा पनि उनले कपडा खोलेर जबरजस्ती गर्न खोजेको पीडितले बताएकी छिन् । पीडित किशोरी बल्ल बल्ल भाग्न सफल भएकी थिइन् ।

प्रहरीले होटेलबाट सीसीटीभी फुटेज समेत बरामद गरेको छ । जहाँ किशोरी भागेर निस्किएकी छिन् र रमेश भने पछि निस्किएका छन् । पछि पीडितले मामाकी छोरीलाई घटनाबारे सुनाएपछि बानेश्वर प्रहरीमा उजुरी परेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक