2026-07-25 06:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

‘रेड जोन’ मा रात्रिकालीन बस सञ्चालन नगर्ने निर्णय, टिकट नकाटी यात्रा गराउनेलाई कारबाही

असार २८,  काठमाडौं ।  गृह मन्त्रालयले रात्रिकालीन बस सञ्चालनको विषयमा यातायात व्यवसायीका प्रतिनिधिहरूसँग छलफल भएको छ ।

आज बिहान नारायणगढ-मुग्लिन सडक २ वटा बस त्रिशूलीमा खसालेर यात्रु बेपत्ता भएपछि मन्त्रालयमा यातायात व्यवसायीसँग छलफल भएको हो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले आज गृह मन्त्रालयमा गृह सचिवसहितको छलफल भएको बताए ।

उनले भने, ‘रात्रि बस रोक्ने कुनै कुरा भएको छैन । कुनै ठाउँमा पहिलो जाँदा देशभर नै रात्रि बस रोक्ने भन्ने हुँदैन । धेरै पानी परेको र पहिरो जाने जस्तो सम्भावना भएका त्यो ठाउँको सडकलाई रेड जोनमा रोक्ने र त्यहाँ गाडी रोक्ने भएको छ । यात्रुलाई टिकट नकाटी यात्रा गराउने सावरीलाई मापसेभन्दा कडा कारबाही गर्न गृह सचिवले निर्देशन दिएका छन् ।’

कुनै ठाउँको सडकमा पहिरो गएर सडक बन्द हुँदा देशभर नै रात्रि बस रोक्ने कुरा हुँदैन । राज्यले बर्खाको समयभन्दा पहिले नै सवारी दुर्घटना रोक्न काम गर्नु पर्ने सिटौलाले बताए ।

गृह मन्त्रालयले ‘रेड जोन’ मा रात्रिकालीन बस सेवा सञ्चालन नगर्ने निर्णय भएको जनाएको छ । मौसम पूर्वानुमान महाशाखाको ३ दिनको मौसम पूर्वानुमानलाई हेरेर भारी वर्षा हुने क्षेत्र अर्थात् रेड जोन एरियामा रात्रिकालीन बस नचलाउने निर्णय भएको गृहसचिव एकनारायण अर्यालले बताए ।

उनले भने, ‘रेड जोन अर्थात ३ दिन अघि नै भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको क्षेत्रमा रात्रिकालिन बस व्यवसाय सञ्चालन नगर्ने, क्षमता भन्दा बढी सवारीसाधन चलाउन नदिने, र यात्रुले अनिवार्य टिकट लिएर अनिवार्य यात्र गर्नुपर्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक