2026-06-20 01:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बससँगै त्रिशूली नदीमा हराएका ६२ मध्ये १३ जनाको शव भेटियो

असार ३१, नारायणगढ | मुग्लिन सडक खण्डको सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा खसेका दुई वटा बसका यात्रुमध्ये अहिलेसम्म १३ जनाको शव भेटिएको छ । भेटिएका शवमध्ये आठ वटा शवको सनाखत भएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । सनाखत भएका सातमध्ये तीन वटा शव भारतीय नागरिकका हुन् । अरू मृतक नेपाली नागरिक हुन् ।

हराइरहेका अरू यात्रु तथा दुवै बसको खोजी कार्य आज पनि चलिरहेको छ । खोजीका लागि आज उच्च प्रविधिको सोनार डिभाइस पनि प्रयोग भइरहेको छ । यो डिभाइसले साउन्ड वेभमार्फत पानीमुनि दुई सय मिटर तलसम्मको वस्तु देख्न सक्ने सशस्त्र प्रहरी बलले जनाएको छ ।

काठमाण्डौबाट गौरतर्फ र वीरगञ्जबाट काठमाण्डौतर्फ गुडिरहेका दुई वटा बसलाई शुक्रवार बिहानै पहिरोले बगाएपछि त्रिशूली नदीमा खसेका थिए । ती बसमा कम्तीमा ६५ जना यात्रु चढेका जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । ६५ जनामध्ये काठमाण्डौबाट गौर जाँदै गरेको बसका तीन जना यात्रु भने बाँच्न सफल भएका थिए ।

आज बिहान भेटिएका चारमध्ये दुई वटा शव गण्डक नहरको भारततर्फको क्षेत्रमा भेटिएका हुन् । अहिले घटनास्थलभन्दा ५० किलोमिटर तलसम्म खोजी भइरहेको छ । खोजीका लागि र्‍याफ्टिङ बोट, दुरबिन र पानीभित्र हेर्न मिल्ने खालका क्यामेराहरू जडान गरिएका उपकरण पनि प्रयोग गरिएका छन् । तर पानी धमिलो भएकाले पानीभित्र हेर्ने क्यामरा खासै उपयोगी नभएको खोजकर्ताहरूको भनाइ छ । आज प्रयोग भएको सोनार डिभाइसले तरङ्गमार्फत वस्तु पहिल्याउन सक्ने भएकोले सहयोगी हुने अपेक्षा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ