कार्तिक १३ पर्वत ।सामुदायिक विद्यालयको शिक्षा गुणस्तरीय भएन भनी आलोचना आईरहेको बेला शैक्षिक विषयलाई लिएर पर्वतमा जिल्लास्तरीय वृहत     अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।
    ¥याण्डम रिडर्स सोसाईटी पर्वतद्धारा आयोजित अन्तरक्रिया "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कार्तिक १३ पर्वत ।सामुदायिक विद्यालयको शिक्षा गुणस्तरीय भएन भनी आलोचना आईरहेको बेला शैक्षिक विषयलाई लिएर पर्वतमा जिल्लास्तरीय वृहत     अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।
    ¥याण्डम रिडर्स सोसाईटी पर्वतद्धारा आयोजित अन्तरक्रिया "/>
2026-07-07 04:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

र्याण्डम रिडर्स सोसाईटीको गरमागरम शैक्षिक अन्तरक्रिया

कार्तिक १३ पर्वत ।सामुदायिक विद्यालयको शिक्षा गुणस्तरीय भएन भनी आलोचना आईरहेको बेला शैक्षिक विषयलाई लिएर पर्वतमा जिल्लास्तरीय वृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।

र्याण्डम रिडर्स सोसाईटी पर्वतद्धारा आयोजित अन्तरक्रिया कार्यक्रमको शीर्षक असफल स्कूल परिचर्चा तथा सिकाई दायित्व थियो । असफल स्कुल नामक पुस्तक करीव ५० वर्ष पहिले अमेरिकी शिक्षाविद् तथा लेखक जोन हल्टले लेखेका हुन् । उनको पुस्तकमा विद्यालयप्रति विद्यार्थीको रुचि कम भएको र विद्यालय विद्यार्थीका लागि जेल जस्तै बनेकोबारे लेखिएको छ ।
विद्यार्थीलाई उसको रुचि अनुसार स्वतन्त्र पठनपाठनको व्यवस्था मिलाउनुपर्ने लेखक हल्टको तर्क छ । सोही पुस्तकबारे चर्चा गर्नु नेपालको सन्दर्भमा अझै उपयुक्त ठहर गर्दै आयोजक संस्था रिडर्स सोसाईटीले कुश्मामा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।
पठनसंस्कृतिको विकासमा समर्पित र्याण्डम रिडर्स सोसाईटीको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा शिक्षाविद्, शिक्षक, समाजसेवी, विभिन्न संघसंस्थाका प्रतिनिधि, विभिन्न विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, विद्यार्थी, लेखक, साहित्यकार लगायत शिक्षाप्रेमी व्यक्तित्वहरुको सहभागीता थियो । कार्यक्रममा सहभागीहरुले पुस्तकबारे आफूलाई लागेका जिज्ञासा राखेका थिए भने धेरै सहभागीहरुले नेपालको शैक्षिक अवस्था खस्कनुका कारणहरु उल्लेख गरे । सहभागीहरुले मुलुकको सामुदायिक विद्यालयको शैक्षिक अवस्था कमजोर हुनुमा राजनीतिक हस्तक्षेप, अभिभावकहरुको कम चासो, शिक्षकहरुको जवाफदेहितामा कमी, नियामक निकायको कमजोरी, भौतिक पूर्वाधारको कमी लगायतका विषय रहेको तर्क दिएका थिए ।

कार्यक्रममा नारायण उमाविका पूर्व प्राचार्य पृथ्वीनाराण शर्माले पुस्तकबारे टिप्पणी गरेका थिए । पुस्तक तथा समग्र शैक्षिक सिकाईबारे सिकाई समूहका अध्यक्ष तथा शिक्षाविद् धनन्जय शर्माले असफल स्कूल नामक पुस्तकमा उल्लेख गरेका सवै कुरा हाम्रो मुलुकको शैक्षिक अवस्थाको सन्दर्भमा ठ्याक्कै लागू हुन्छ भन्ने हैन तर केही कुरा सिकाई अवस्य हुन्छ । शिक्षाको गुणस्तर सुधारमा शिक्षकले चाहेमा सकिने भन्ने उनको तर्क थियो । राजनीतिलाई मात्र दोष दिएर शिक्षाको सुधार नहुने बरु राजनीतिलाई ठाउँ दिने कार्य विद्यालयका शिक्षकहरुले गर्न नहुने राय शिक्षाविद् शर्माले राखे । कार्यक्रममा सहभागीहरुको जिज्ञासाबारे जवाफ दिएका शिक्षाविद् शर्माले नेपालमा धेरै सफल विद्यालय रहेको बताउँदै असफल पुस्तकको अध्ययनले विद्यालयलाई सफल बनाउन सहयोग गर्ने समेत बताए । विद्यार्थीलाई उनको रुचि अनुसारको शिक्षा दिएमा मात्र सफल हुने भन्ने उनले सुझाए । नेपाल पव्लिक क्याम्पस संघका केन्द्रिय अध्यक्ष भोलानाथ ओझाले हामीले नोकरी गर्ने शिक्षा लिएको तर मालिक हुने शिक्षा लिन नसकेको बताए । उनले भने -‘हामीले डाक्टर, ईन्जिनियर लगायत बनाउने शिक्षा मात्र लियौ तर मान्छे बनाउने शिक्षा लिएनौ । यदि मान्छे बनाउने शिक्षा लिएको भए त डाक्टर पढेकाले विरामीको सेवालाई महत्व दिने थियो पैसालाई मात्र दिने थिएन । संसारमा आमा जस्तो ठुलो कुरा केही छैन । हामीले आमालाई माया गर्ने शिक्षा दिन सक्नुपरेको छ ।’

कार्यक्रममा जिल्ला शिक्षा अधिकारी कुश्मराज उपाध्याय विशिष्ट अतिथि र हस्त लेखन विज्ञ बामदेव योगीले अतिथिको रुपमा रुपमा बोलेका थिए । रिडर्स सोसाईटीका अध्यक्ष लेखनाथ शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव शंकर गिरीले गरेका थिए भने स्वागत मन्तव्य राजेन्द्र पहाडीले गरेका थिए । कार्यक्रममा धन्यवाद ज्ञापन प्याव्सन पर्वतका अध्यक्ष हिम बहादुर पौडेल क्षेत्रीले राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने