कार्तिक १३ पर्वत ।मृगौला पीडित ४० वर्षे एक दलित युवालाई आफ्नो जीवन पुरै बाँच्न मन छ । डाक्टरले मृगौला नफेर्ने हो भने अव जीवन लामो छैन भनी घोषणा गरिदिई सकेका छन् ।
     तैपनि मृगौला पीडित भई थलिएका विकलाई मरिहाल्छु भन्ने लाग्दैन । माया र दया भएका मानिसको सह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कार्तिक १३ पर्वत ।मृगौला पीडित ४० वर्षे एक दलित युवालाई आफ्नो जीवन पुरै बाँच्न मन छ । डाक्टरले मृगौला नफेर्ने हो भने अव जीवन लामो छैन भनी घोषणा गरिदिई सकेका छन् ।
     तैपनि मृगौला पीडित भई थलिएका विकलाई मरिहाल्छु भन्ने लाग्दैन । माया र दया भएका मानिसको सह"/>
2026-09-20 12:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

मृगौला पीडित युवा भन्छन्- ‘मरिहाल्छु भन्ने लाग्दैन’

कार्तिक १३ पर्वत ।मृगौला पीडित ४० वर्षे एक दलित युवालाई आफ्नो जीवन पुरै बाँच्न मन छ । डाक्टरले मृगौला नफेर्ने हो भने अव जीवन लामो छैन भनी घोषणा गरिदिई सकेका छन् ।

तैपनि मृगौला पीडित भई थलिएका विकलाई मरिहाल्छु भन्ने लाग्दैन । माया र दया भएका मानिसको सहयोग पाएमा बाँच्छु भन्ने आशा उनमा छ । आफ्नो मृत्यु नजिकै आईरहेको देखेर पनि बाँच्छु भन्ने आशा पाल्ने युवा हुन् -देवीराम विक । विक भन्छन् –‘सवैको साथ र सहयोग पाईएला नि कसरी उमेरमै मरम् ला र ?’ उनलाई गाउँमा सवैले रामभक्त विक भनेर चिन्छन् । पीडित विक पर्वत कुश्मा नगरपालिका १९ पीपलटारीका स्थायीबासी हुन् ।

पीडित विकले आफ्ना दुवै मृगौलाले काम गर्दैन र फेल भईसकेका छन् भन्ने कुरा आजभन्दा ६ महिना पहिला डाक्टरको मुखबाट सुने । पेशाले कृषक रहेका विक त्यतिबेला जिल्ला अस्पताल पर्वत पुगे जतिबेला उनलाई पिसाव फेर्न गाह्रो भयो र श्वास फेर्न मुश्किल भयो । जिल्ला अस्पतालको सल्लाह अनुसार थप उपचारका लागि पोखराको गण्डकी अस्पताल उनी पुगेका थिए । केही समय पोखराकै मणिपाल अस्पलतामा चेकजाँच र सामान्य उपचारपछि पीडित विक काठमाण्डौको शिक्षण अस्पताल पुगेका हुन् ।

शिक्षण अस्पतालका डाक्टरहरुले उनलाई मृगौला  प्रत्यारोपण गर्न सुझाएका छन् । मृगौला प्रत्यारोपण नगरुन्जेल आवश्यक समयमा उनले डायालाइसिस गर्नुपर्ने छ । हालसम्म पीडत विकले १ लाख खर्चिसकेका छन् । घरमा वचत नगदको नाममा एक रुपैयाँ छैन । पीडित विकले दुःख पोख्दै भने ( ‘उपचार खर्च जुटाउन जग्गा नै विक्री गरौ भने पनि छैन । ऋण कोसँग मागौ ? सवैसँग सहयोगको याचना गर्नुको विकल्प छैन ।’ हलो र कोदालोको भरमा जीवन गुजारा गर्दै आएका विक निम्न वर्गीय व्यक्ति हुन् । रोग लागेपछि अहिले त्यही हलो र कोदालो पनि चलाउन सक्ने तागत छैन पीडित विकसँग । उनको नाममा वर्ष दिनलाई खानपुग्ने अन्नवाली उव्जाउ हुने जमिन छैन ।

घरमा ८३ वर्षीय बाबु मिन बहादुर विक र ७३ वर्षीय आमा मनु विक छन् । बाबुले अझै पनि आफ्नो पुख्यौली पेशा आरन चलाउदै छन् । घरमा ३६ वर्षीय श्रीमति पुर्णा विक र एक छोरा छन् । पीडित विकले आफ्नो घरपरिवारका सदस्यहरुलाई आफ्नो व्यथा सुनाएपछि घरकी वृद्ध आमाले भनिन् – ‘बाबु त मरेर म किन बाँच्नु परेको छ र ? मेरो मृगौला तँलाई दिन्छु ।’ उनलाई आमाले मात्र हैन । उनको श्रीमति र १७ वर्षे छोराले पनि मृगौला दिन तयार छन् । मृगौला प्रत्यारोपणका लागि यदि मृगौला दिने व्यक्ति भयो भने ८ लाख खर्च हुने काठमाडौमा डाक्टरहरुले बताएको विक बताउँछन् ।

विकलाई आफन्तीले मृगौला दान गर्छु भनेको भएपनि उनीसँग भने मृगौला प्रत्यारोपणका लागि चाहिने रकम नै साथमा छैन । यही रकम जुटाएपछि मृत्युलाई जित्छु र बाँच्छु भन्ने आशा लिएर हिडेका छन् मृगौला पीडित दलित युवा रामभक्त ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो