2026-09-19 05:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

प्रहरी देखेपछि तीन तलाबाट हामफाल्दा युवतीको मृत्यु

कत्तिक १३, तुलसीपुर | एक बिशेष मिसनमा खटिएको प्रहरीलाई देखेपछी दाङको तुलसीपुर बजारदेखि उत्तरतिर रहेको होटेल ग्रीनपार्कको तीन तलाबाट हामफालेकि एक युवतीको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी लोकनाथ तिमिल्सिनाको नेतृत्वमा बिहीबार साँझ प्रहरीको उक्त टोली गस्तीमा गएको थियो । जब प्रहरी टोली उक्त होटलमा पुग्यो तब त्यहाँ दुई युवकको साथमा रहेकी एक युवती प्रहरीको डरले होटल तेश्रो तालाबाट हाम्फालेकि हुन् । उनको त्यसै बेला मृत्यु भयो । अर्कै कामले उक्त होटल छापा मार्न त्यहाँ प्रहरी पुगेको थियो तर प्रहरी देख्ना साथ हतास भएर ति युवती हामफालेको प्रहरीले जनाएको छ ।

दुईजना युवकहरुसँग प्रहरी पुग्नुभन्दा केहि समय अगाडी मात्र उक्त होटेलमा ती युवती छिरेकी थिइन् । जब प्रहरी होटलमा छापा मार्ने क्रममा होटल छिरेको थाहा पाए तब युवाहरु कोठाबाट बाहिरिए । प्रहरी पुग्दा कोठामा ति युवती एक्लै थिइन्त्य तब युवतीले हतारमा होटेलबाटै हाम्फाल्ने निर्णय लिइन् । प्रहरीको भनाई छ । 

अघिल्लो दिन तुलसीपुरको बसपार्कबाट एकजनालाई आँखामा खुर्सानीको धुलो हालेर १६ लाख रुपैयाँ लुटिएको घटनालाई लिएर अनुसन्धानमा खटिएको प्रहरीले उक्त होटलमा शंकास्पद व्यक्ति छिरेको भन्ने सूचना पाएको कारण उक्त होटल पुगेको बताएको छ । तर घटना अर्कै घट्यो । प्रहरीका अनुसार प्रहरी उक्त होटलमा छापा मार्ने उध्यश्यले गएको थिएन । 

युद्धकालमै बाबु गुमाएकी ति युवती टुहुरी हुन् । उनको बुबालाई तत्कालीन समयमा माओवादीले अपहरण गरेर मारेका थिए । बुबा गुमाएकी उनलाई केहि समयपछी आमाले पनि छाडेर दोस्रो बिहे गरेकी थिइन् । त्यसपछि उनि आफ्ना हजुरबुबा र हजुरआमासँगै बस्दै आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा