2026-07-24 06:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अर्कैसँग प्रेममा परेको आशंकामा प्रेमिकाको घाँटी थिची हत्या

साउन १५, काठमाडौँ । ४६ वर्षीया प्रेमिकाको घाँटी थिचेर हत्या गरेको आरोपमा हङकङमा ४३ वर्षीय इन्जिनियर पक्राउ परेका छन्।

प्रहरीका अनुसार उनीहरू दुवै जना एकै कम्पनीमा कार्यरत थिए। गत मंगलबार उनीहरूबीच विवाद भएको थियो।

यस क्रममा आवेगमा आएका वान उपनामका इन्जिनियरले प्रेमिकाको घाँटी थिच्दा उनको निसास्सिएर मृत्यु भएको देखिएको ताइसिन जिल्ला अपराध शाखा प्रमुख इन्स्पेक्टर चाउचुनले बताए।

घटनापछि वानले प्रेमिकाको फोनमार्फत उनकै भेषमा कम्पनीका सुपरभाइजरलाई सम्पर्क गरी बिदा मागेका थिए। यसपछि उनले त्यो फोन पानीमा फ्याँकिदिए।

महिला धेरै दिनदेखि फ्ल्याटबाट बाहिर ननिस्कएपछि आफन्तले वाह के हाउसका कामदारको सहयोगमा ताला खोलेर हेर्दा उनी ओच्छ्यानमै  मृत भेटिएकी थिइन्।

आफन्तले प्रहरीलाई खबर गरेपछि घटना बाहिर आएको हो।

ओच्छ्यानमै मृत भेटिएकी उनको देब्रे आँखा र घाँटीनेरको हड्डी (कलरबोन)मा चोट लागेको थियो। साथै, अनुहारमा पनि रगतको दाग देखिएको प्रहरीले जनाएको छ। पोस्टमार्टम रिपोर्टले उनको निसास्सिएर मृत्यु भएको पुष्टि गरिसकेको छ।

सीसीटीभी फुटेजको हेरेपछि प्रहरीले दुई जना घटनाको रात सँगै फ्ल्याटमा रहेको निष्कर्ष निकालेको छ।

वानले अन्य व्यक्तिसँग सम्बन्धमा रहेको आशंकमा आफूले प्रेमिकाको घाँटी थिचेर हत्या गरेको स्वीकार गरिसकेको प्रहरीले जनाएको छ।

जानकार स्रोतका अनुसार घटना घटेको फ्ल्याट महिलाको स्वामित्वमा छ। उनी पहिले विवाहित रहे पनि अहिले सम्बन्ध विच्छेद गरेर एक्लै त्यहाँ बस्ने गरेकी थिइन्। उनका सन्तान छैनन्।

यता वान भने विवाहित हुन्। उनका बच्चा समेत छन्। कहिलेकाहिँ महिलाको फ्ल्याटमा जाने उनी आफ्नो प्रेमिका तेस्रो व्यक्तिसँग प्रेममा रहेकोमा निकै शंकालु थिए। हत्याको आरोपमा पक्राउ परेका वान हाल हिरासतमा छन्। (द स्ट्यान्डर्ड)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक