2026-07-25 12:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दुई हेलिकप्टर कम्पनीको एओसी निलम्बन गर्दै उड्डयन प्राधिकरण

साउन २५, काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणले दुई वटा हेलिकप्टर कम्पनीको अनमुतिपत्र (एओसी)निलम्बन गर्ने तयारी गरेको छ।  

सुरक्षा व्यवस्थापन प्रणाली परिपालना दर(सेफ्टी म्यानेजमेन्ट सिस्टम) अति नै न्यून भएका कारण प्राधिकरणले दुईवटै कम्पनीलाई उडानमा प्रतिबन्ध लगाउँदै एओसी निलम्बनको तयारी गरेको हो।

हाल प्राधिकरणले सबै वायुसेवा कम्पनीको सुरक्षा व्यवस्थापन प्रणाली परिपालना दर कार्यान्वयनकाे अवस्थाकाे विषयमा अडिट गरिरहेकाे सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए। उनकाअनुसार प्राधिकरणले तोकेकोभन्दा कम दर हुनेलाई उडानमै प्रतिबन्ध लगाउने निर्णय समेत गरिएको थियो। 

प्राधिकरणले गत मंगलबार वायुसेवा कम्पनीहरूको सेफ्टी म्यानेजमेन्ट सिस्टम कार्यान्वयनमा ६० प्रतिशतभन्दा कम देखिएमा सम्बन्धित एयरलाइन्सको उडानमा रोक लगाउने निर्णय गरेको थियो।

सोही निर्णय बमोजिम दुई हेलिकप्टर कम्पनीको अडिट ६० प्रतिशतभन्दा कम देखिएकाले तत्कालका लागि उडानमा रोक लगाउँदै स्पष्टीकरण मागेको छ।

‘एसएमएस अडिटमा देखिएको कमजोरीलाई कसरी हटाउन सकिन्छ भनेर प्राधिकरणले दुबै हेलिकप्टर कम्पनीलाई ७२ घन्टाभित्र सफाइ पेस गर्न पत्र पठाएका छौं,’ उनले भने, ‘यो समयमा एक्सन प्लान बुझाएन भने एओसी निलम्बन हुनेछ।’ 

सबै एयरलाइन्स सहितको ‘हाइ लेभल सेफ्टी कोर्डिनेसन कमिटी’को सहमतिअनुसार प्राधिकरणले आइकाओको सेफ्टी रणनीतिअनुसार नेपालमा ‘एसएमएस’ परिपालनाको न्यूनतम दर ६० प्रतिशत कायम गर्ने निर्णय गरेको उनले बताए।

प्राधिकरणले ६० देखि ७५ प्रतिशत परिपालना दर भएका एयरलाइन्समाथि पनि कडाइ गर्ने भएको छ। 

यस्तो दर भएका एयरलाइन्सलाई उडान विस्तारको अनुमति नदिने, स्वीकृत उडानको ५० प्रतिशतभन्दा बढी अनुमति नदिने, नयाँ जहाज खरिदको अनुमति नदिने जस्ता निर्णय प्राधिकरणले गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक