१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बैंकमा पैसा लिन जान्छु भनेर हिँडेका पुरूष खोलामा मृत फेला

२७ श्रावण २०८१, आईतवार ०९:१५

साउन २७,  काठमाडौं  | मकवानपुरमा एक जना पुरूष खोलामा मृत फेला परेका छन्। 

आइतबार मध्यान्ह सवा १२ बजे बकैया गाउँपालिका-५ पावसस्थित सिमात्त खोलामा एक पुरूष मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए। 


मृतकको सुरूमा पहिचान खुलेको थिएन। प्रहरीको टोली पुगेर अनुसन्धान गरेसँगै मृतकको पहिचान खुलेको हो। 

मृतक बकैया-५ राजदमार बस्ने अन्दाजी ६० वर्षीय आशाकाजी दोङ छन्। उनकी छोरी शान्ति लामाले सनाखत गरेकी हुन्।

प्रहरीका अनुसार मृतक दोङ शनिबार बिहान १० बजेदेखि बेपत्ता थिए। उनी बैंकमा पैसा लिन जाने भनेर हिँडेको प्रहरीले जनाएको छ।

मृतकको घरबाट अन्दाजी दुई किलोमिटर टाढा उनको शव फेला परेको हो। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह