१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मौरीससमा ग्रीनकार्डको प्रलोभन देखाएर महिला बेचबिखन, एक पक्राउ

२९ श्रावण २०८१, मंगलवार ०५:३५

साउन २९, काठमाडौं |  ग्रीनकार्डको प्रलोभन देखाएर मोरिसस पुर्‍याई महिला बेचबिखन गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा झापा कमल गाउँपालिका-१ का ५४ वर्षीय बुद्धिराज न्यौपाने रहेका छन्। उनलाई मानव बेचबिखन ब्युरोको टोलीले सोमबार काठमाडौं महानगरपालिका-७ गौरीघाटबाट पक्राउ गरेको हो।

ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार न्यौपानेले एक महिलालाई २०८० माघ १३ गते नेपालबाट नयाँ दिल्ली हुँदै मोरीसस पुर्‍याएका थिए।

त्यहाँ मासिक ७० हजार नेपाली रुपैयाँ कमाई हुने भनी न्यौपानेले महिलाबाट लागत खर्च भनी २ लाख ५० हजार रुपैयाँ लिएका थिए।


कुकको काममा लगाइदिने र केही समयपछि ग्रीनकार्ड पाइने भनेपछि महिलाले न्यौपानेलाई रकम दिएकी थिइन्।

मिश्रका अनुसार न्यौपानेले त्रिभुवन विमानस्थलबाटै दिल्ली उडाएका थिए। विमानस्थलमा न्यौपानेले महिलालाई ‘मोरिसस’ लेखिएको क्याप लगाउन दिएर फोटो खिचेका थिए।

न्यौपानेका साथीले मौरीससको विमानस्थलमा महिलालाई रिसिभ गरेर उतैका नागरिकलाई जिम्मा दिए।

ती नागरिकले बुद्धिराज न्यौपानेबाट ‘उपहारस्वरुप खरिद गरी ल्याएको’ भन्दै महिलालाई दैनिक १७/१८ घन्टा घरायसी काममा लगाउन थाले।

‘महिलालाई खाना खान र तलबसमेत नदिएर चरम श्रम र यौनशोषण गरेको खुल्न आएको छ,’ मिश्रले भने।

मौरीससका नागरिकसँग महिलाले नेपाल फर्काइदिन अनुरोध गरिन्। तर, उनले डर-धम्की दिएर राखिरहे।

ती महिला काम गरेको ठाउँबाट राति भागेर पोर्चुगलमा रहेका नेपालीहरूको सहयोगमा २०८१ असार २० गते नेपाल आइपुगेकी थिइन्। महिलाले नेपाल आएर जाहेरी दिएपछि प्रहरी न्यौपानेको खोजीमा थियो।  

पक्राउ परेका न्यौपानेलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिन थुनामा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको प्रहरी उपरीक्षक मिश्रले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह