२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नेपाली राष्ट्रिय क्रिकेटर रोहित र दीपेन्द्रले क्यारेवियन टि १० लिग नखेल्ने

२०८१, २९ श्रावण मंगलवार ०६:४८

साउन २९, काठमाडौं | नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल तथा अलराउन्डर दीपेन्द्रसिंह ऐरीले वेस्ट इन्डिजमा आयोजना हुने म्याक्स ६० क्यारेवियन टि टेन लिग नखेल्ने भएका छन् ।

टि टेनले गत महिना खेलाडी छनोटका लागि भएको ड्राफ्टबाट अनुबन्ध गरे पनि भिषा समस्याका कारण रोहित र दीपेन्द्रले लिगमा भाग नलिने भएका हुन् ।

‘भिसा समस्याका कारण रोहित र दीपेन्द्रले लिगमा सहभागी हुने छैनन्,” उनीहरुका नेपाली व्यवस्थापक रवि तिमिल्सिना भने,’वेस्ट इन्डिज जाने प्रकृया नमिलेका कारण दुवै जना क्यानडामा नै रहने छन् ।’


क्यानडामा आगामी महिना हुने विश्वकप लिग २ अन्तर्गतको सिरिजका लागि उनीहरुले अब त्यही अभ्यास गर्ने उनले जानकारी दिए।

‘ निरन्तर अभ्यासमा नै रहेका छन् । केही दिन अघिसम्म दुवै जना ग्लोबल टि ट्वान्टी लिगमा आ आफ्नो टिमबाट खेलिरहेका थिए । अहिले लिग सकिएपछि पनि अभ्यास गरिरहेका छन् ,’ व्यवस्थापक तिमिल्सिनाले भने ।

टि टेनका लागि कप्तान रोहित मियामी लायन्समा र दीपेन्द्र भने ग्रैंड क्यामन स्टिंर्गेसमा अनुबन्ध भएका थिए । रोहित आबद्ध मियामिमा सोयब मल्लिक, डोयन ब्राबो, रवि भोपारा, कोरि एन्डरसन लगायतका खेलाडी रहेका छन् ।

दीपेन्द्र आबद्ध क्यामनमा भने एलेक्स हेल्स, रोविन उथप्पा, बेन डुक, जोशुवा लिटिल लगायतका खेलाडी आबद्ध रहेका छन्।

नेपाली क्रिकेट टोली अभ्यासको लागि भारतमा रहेको छ । नेपालले भारतको बेंग्लोरमा रहेको नेसनल्स क्रिकेट एकेडेमी (एनसिए) मा दुई साता अभ्यास गर्नेछ ।

भारतमा हुने अभ्यासमा रोहित, दीपेन्द्र सहित सन्दीप लामिछाने पनि रहने छैनन् । सन्दीप पनि क्यानडामा नै छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !