१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नेपाली राष्ट्रिय क्रिकेटर रोहित र दीपेन्द्रले क्यारेवियन टि १० लिग नखेल्ने

२९ श्रावण २०८१, मंगलवार ०६:४८

साउन २९, काठमाडौं | नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल तथा अलराउन्डर दीपेन्द्रसिंह ऐरीले वेस्ट इन्डिजमा आयोजना हुने म्याक्स ६० क्यारेवियन टि टेन लिग नखेल्ने भएका छन् ।

टि टेनले गत महिना खेलाडी छनोटका लागि भएको ड्राफ्टबाट अनुबन्ध गरे पनि भिषा समस्याका कारण रोहित र दीपेन्द्रले लिगमा भाग नलिने भएका हुन् ।

‘भिसा समस्याका कारण रोहित र दीपेन्द्रले लिगमा सहभागी हुने छैनन्,” उनीहरुका नेपाली व्यवस्थापक रवि तिमिल्सिना भने,’वेस्ट इन्डिज जाने प्रकृया नमिलेका कारण दुवै जना क्यानडामा नै रहने छन् ।’


क्यानडामा आगामी महिना हुने विश्वकप लिग २ अन्तर्गतको सिरिजका लागि उनीहरुले अब त्यही अभ्यास गर्ने उनले जानकारी दिए।

‘ निरन्तर अभ्यासमा नै रहेका छन् । केही दिन अघिसम्म दुवै जना ग्लोबल टि ट्वान्टी लिगमा आ आफ्नो टिमबाट खेलिरहेका थिए । अहिले लिग सकिएपछि पनि अभ्यास गरिरहेका छन् ,’ व्यवस्थापक तिमिल्सिनाले भने ।

टि टेनका लागि कप्तान रोहित मियामी लायन्समा र दीपेन्द्र भने ग्रैंड क्यामन स्टिंर्गेसमा अनुबन्ध भएका थिए । रोहित आबद्ध मियामिमा सोयब मल्लिक, डोयन ब्राबो, रवि भोपारा, कोरि एन्डरसन लगायतका खेलाडी रहेका छन् ।

दीपेन्द्र आबद्ध क्यामनमा भने एलेक्स हेल्स, रोविन उथप्पा, बेन डुक, जोशुवा लिटिल लगायतका खेलाडी आबद्ध रहेका छन्।

नेपाली क्रिकेट टोली अभ्यासको लागि भारतमा रहेको छ । नेपालले भारतको बेंग्लोरमा रहेको नेसनल्स क्रिकेट एकेडेमी (एनसिए) मा दुई साता अभ्यास गर्नेछ ।

भारतमा हुने अभ्यासमा रोहित, दीपेन्द्र सहित सन्दीप लामिछाने पनि रहने छैनन् । सन्दीप पनि क्यानडामा नै छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह