५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

धादिङबाट हराएका तीन बालिका बागलुङमा भेटिए

२९ श्रावण २०८१, मंगलवार १०:३९

साउन २९, काठमाडौं | धादिङबेशीबाट गत बुधबारदेखि सम्पर्कविहीन भएका तीनजना बालिका बाग्लुङमा भेटिएका छन् । नीलकण्ठ बालमन्दिर माध्यामिक विद्यालयका कक्षा ९ मा पढ्दै गरेका रोशनी विक, सुशीला तामाङ र अस्मिता गुरुङ बाग्लुङमा भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए । 

‘भोलि बिहानसम्म उनीहरू जिल्लामा आइसक्छन्। बालिकाहरू किन र कसरी त्यहाँ पुगे त्यस विषयमा उनीहरू जिल्ला आएपछि थाहा हुन्छ,'उनले भने।


धादिङको सदरमुकाम धादिङबेशीस्थित निलकण्ठ माध्यामिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत विक गत बुधबार बिहान विद्यालय जान्छु भनी डिँडेकी थिइन् । रोशनी बेलुका घर नफर्किएपछि परिवारले सोधीखोजी सुरू गर्यो । रोशनीका विषयमा सोधीखोजी गर्दा उनीसँगै अन्य दुई बालिका पनि बेपत्ता भएको खुल्यो । तीनैजान कक्षा ९ मा अध्ययनरत हुन्।

हराइरहेका किशोरीमध्ये तामाङका बुवा तीर्थ तामाङ साउदीमा प्लास्टिक कम्पनीमा कार्यरत छन्। सुशीला हराएपछि उनको परिवार मर्माहत भएको थियो  भने विदेशमा रहेका तीर्थ पनि तनावमा परेका छन् । 

त्यस्तै, विकका बुवा विष्णु विक पनि वैदेशिक रोजगारीका क्रममा दुवईमा रहेका उनी हालै मात्रै घर आएका थिए । दुई महिनाको विदामा आएका उनी केही दिनपछि मात्रै दुबई फर्किने तयारीमा थिए । तर, अचानक छोरी हराएपछि  विष्णु पनि विछिप्त बनेका छन् । 

त्यस्तै  गुरुङका बुवा पनि वैदेशिक रोजगारीमा साउदी अरबमै छन् । छोरी हराएको खबरले अस्मिताका बुवा पनि चिन्तित रहेको परिवारका अन्य सदस्य बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता