साउन २९, काठमाडौं | बिरामी बोकेको हेलिकप्टर धादिङमा आपतकालील अवतरण गरिएको छ । खराब मौसमका कारण कैलाश हेलिकप्टरको आकस्मिक अवतरण गरिएको हो ।
धादिङ जिल्ला प्रहरी कार्यालयका एसपी गौतमकुमार केसीले पोखराबाट बिरामी लिएर काठमाडौं आएको हेलिकप्टर धादिङको थाक्रे गाउँपालिका- ५ मा आपतकालीन आवतरण भएको बताए ।
उनले भने, ‘खराब मौसमका कारण पोखराबाट काठमाडौं आउँदै गरेको कैलाश हेलिकप्टर थाक्रेमा आपतकालीन अवतरण गरेको हो । यात्रु, पाइलट र हेलिकप्टर सुरक्षित छ । बिरामीलाई एम्बुलेन्समार्फत काठमाडौं पठाउने तयारी भइरहेको छ ।’
अहिले बाक्लो हुसु लागेकाले २०० मिटरभन्दा टाढा देखिने अवस्था नरहेको केसीले बताए ।