७ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मनसुनको २ महिना : गतवर्ष ७२ को मृत्यु हुँदा यसवर्ष १७० जनाले गुमाए ज्यान

२९ श्रावण २०८१, मंगलवार १२:१४

साउन २९, काठमाडौं | नेपालमा मनसुनपछिको पछिल्लो ६० दिनको अवस्था प्रतिवेदनले गत वर्षभन्दा धेरै मानवीय क्षति भएको देखाएको छ।

राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको प्रतिवेदन अनुसार गत वर्षको सोही अवधिको तुलनामा यो वर्ष दोब्बर बढी मानवीय क्षति भएको छ। 

गएको जेठ २८ देखि साउन २४ सम्मको ६० दिनमा मनसुनजन्य विपद्मा १७० जनाको मृत्यु, ४४ जना बेपत्ता र १९५ जना घाइते भएको प्राधिकरणले आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ। गत वर्षको सोही अवधिमा ७२ जनाको मृत्यु, २८ जना बेपत्ता, १०० जना घाइते भएका प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले बताए।

प्रभावित परिवार भने गत वर्ष भन्दा यसवर्ष कम भएका पाइएको छ । गत वर्ष विपद् प्रभावित परिवार ५ हजार ७८१ रहेकामा यसवर्षको मनसुनजन्य विपद्बाट प्रभावित परिवारको संख्या २ हजार ९९८ रहेको पनि प्राधिकरणले जनाएको छ। 

मनसुनजन्य विपद्ले सबैभन्दा धेरै गण्डकी प्रदेशमा ५४ जनाको मृत्यु र सबैभन्दा कम मधेस प्रदेशमा तीन जनाको मृत्यु भएको पनि प्राधिकरणले सार्वजनिक गरेको विवरणमा उल्लेख छ। 

असार २८ गते चितवनको भरतपुर महानगरपालिकाको सिमलतालमा गेग्रयान बहाबमा परी दुई बसका ६२ जना यात्रु त्रिसुली नदीमा बेपत्ता भएकामा २४ जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ। यस्तै कञ्चनपुरको चाँदनी दोधारामा ऐतिहासिक वर्षा भई जल मापनको ७७ वर्षको इतिहासमा सबैभन्दा धेरै ६२४ मिलिमिटर वर्षा भएको पनि जनाइएको छ। 

पूर्वतयारी, खोज उद्धार तथा सूचना प्रवाहमा समन्वयात्मक रुपमा काम भएको प्राधिकरणका कर्याकारी प्रमुख अनिल पोखरेलले बताए। यसवर्ष औषत भन्दा बढी पर्ने आँकलन अनुसार नै वर्ष भएको पनि प्रतिवेदनमा उल्लेख छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा दुई अपरेशनमा ९ आतङ्कवादी मारिए सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता अवामी लिगबिनाको चुनाव ‘राज्याभिषेक’ मात्र : शेख हसिना संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना नेप्से परिसूचकमा १३ अङ्कको गिरावट माइतीघर मण्डलामा प्रदर्शनरत आठ जना प्रहरी नियन्त्रणमा गाँजासहित एकजना पक्राउ सुनको मूल्यमा नयाँ रेकर्ड पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ : महामन्त्री थापा ‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने