७ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

शिक्षक सरुवा विवादमा मेयर र वडाअध्यक्षबीच विद्यालयमै मुक्कामुक्की

३० श्रावण २०८१, बुधबार ०९:०९

साउन ३०, काठमाडौँ । शिक्षक सरुवाको विषय कति जटिल र जनप्रतिनिधिको स्वार्थको विषय बनेको छ भन्ने उदाहरण बाराबाट आएको छ । जहाँ एकजना शिक्षक सरुवाको विषयमा दुई जनप्रतिनिधिबीच कुरा नमिल्दा कुटाकुट र हात हालाहालकै अवस्था उत्पन्न भयो ।

मंगलबार दिउँसो जितपुर सिमरा उपमहानगरपालिका-२ स्थित सिमरा नेरा नमूना माध्यमिक विद्यालयमा मेयर राजन पौडेल र एकजना वडाअध्यक्षबीच शिक्षक, प्रहरी र स्थानीयबासीकै बीचमा कुटाकुट भएको हो । दुईजना शिक्षकको सरुवामा स्वार्थ बाझिँदा मेयर राजन पौडेल र वडा नम्बर २ का वडा अध्यक्ष धनबहादुर श्रेष्ठबीचको विवादले उग्र रुप लिँदा यी दुईजनाबीच कुटाकुट नै भएको हो, त्यो पनि विद्यालयभित्र, प्रहरीकै अगाडि ।

मेयर पौडेलले वडा नम्बर-२ स्थित सिमरा नेपाल राष्ट्रिय नमूना माध्यमिक विद्यालयका शिक्षक मेघराज गिरीलाई वडा नम्बर ७ स्थित फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विद्यालयमा सरुवा गरेका थिए । मेयरको निर्णयमा फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विद्यालयमा कार्यरत शिक्षिका सीता अधिकारीलाई सरुवा गरेर वडा नम्बर २ स्थित सिमरा नेरा नमूना माध्यमिक विद्यालयमा पठाएका थिए ।


तर नगर प्रमुखले उक्त निर्णय एकलौटी गरेका भन्दै वडाअध्यक्ष श्रेष्ठले शिक्षिक अधिकारीलाई हाजिर गराउन तयार भएनन् । आफ्नो वडास्थित सिमरा नेरा नमूना माध्यमिक विद्यालयका शिक्षक मेघराज गिरी ६ महिनाअघि मात्रै सरुवा भएर आएको उनको तर्क थियो । श्रेष्ठ शिक्षा ऐनमा पनि ६ महिना नपुग्दै शिक्षक सरुवा गर्न नमिल्ने उल्लेख भएकाले मेयरको निर्णय कानुनविपरीत भएको अडानमा थिए ।

उनले आफ्नो वडामा मेयरले सल्लाह नै नगरी गरेको शिक्षक सरुवालाई कुनै हालतमा नस्वीकार्ने बताएका थिए । उनको कुराले आक्रोशित मेयर पौडेल आफैं शिक्षिका अधिकारीलाई सिमरा नेरा नमूना माध्यमिक विद्यालयमा हाजिर गराउन पुगे । तर वडाअध्यक्ष श्रेष्ठ अधिकारीलाई हाजिर गराउन तयार भएनन् । शिक्षक गिरी आएपछि विद्यालयको पढाई राम्रो भएको जिकिरसहित उनले अधिकारीलाई कुनै हालतमा हाजिर नगराउने अड्डी कसे ।

त्यसपछि सिमरा नेरा नमूना माध्यमिक विद्यालयको कार्यालय कक्षमै विवाद भएको थियो । विवाद बढ्दै गएपछि मेयर पौडेल र वडाअध्यक्ष श्रेष्ठबीच विद्यालयभित्रै कुटाकुट भएको हो । मेयर पौडेल र वडाअध्यक्ष श्रेष्ठबीच विवाद चर्किँदै गएपछि स्थानीयले प्रहरीलाई बोलाए । त्यसपछि इलाका प्रहरी कार्यालय सिमराबाट डीएसपी चिरञ्जीवी पौडेल त्यहाँ खटिए। प्रहरीले विवाद बढाउन उचित नहुने भन्दा भन्दै मेयर पौडेल र श्रेष्ठबीच विद्यालयभित्रै घम्साघम्सी र कुटाकुट भयो । वडाध्यक्ष श्रेष्ठसँग कुटाकुटमा उत्रिएका मेयर पौडेल उक्त विद्यालयमा शिक्षिका अधिकारीलाई हाजिर नगराई हिँडे ।

विद्यालयमा कुटाकुट गरेको विषय वडा नम्बर १६ का अध्यक्ष हरिदेव खरेलले सार्वनजिक गरिदिए । ६ महिनाअघि मात्रै आएका शिक्षक गिरीलाई सरुवा गर्न नहुने अडानमा रहेका वडाध्यक्ष र शिक्षिका अधिकारीलाई हाजिर गराउन कस्सिएका मेयर पौडेलबीच कुटाकुटको भिडियो सामाजिक सञ्जालमा अहिले भाइरल भएको छ ।

‘मेघराज सरलाई ६ महिनाभित्रै सरुवा गरिएपछि आक्रोश हुनु स्वभाविक हो’, वडाअध्यक्ष श्रेष्ठले भने, ‘मेघराज सरले राम्रो पढाउँददा पढाउँदै सरुवा गरिएको हो । मेयरले यसबारे मसँग सल्लाह पनि गर्नु भएको थिएन । हामी मेघराज सरको रवाना दिँदैनौँ, सीता मिसलाई हाम्रो वडामा हाजिर गराउन सकिँदैन।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा दुई अपरेशनमा ९ आतङ्कवादी मारिए सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता अवामी लिगबिनाको चुनाव ‘राज्याभिषेक’ मात्र : शेख हसिना संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना नेप्से परिसूचकमा १३ अङ्कको गिरावट माइतीघर मण्डलामा प्रदर्शनरत आठ जना प्रहरी नियन्त्रणमा गाँजासहित एकजना पक्राउ सुनको मूल्यमा नयाँ रेकर्ड पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ : महामन्त्री थापा ‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने