२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

शिक्षक सरुवा विवादमा मेयर र वडाअध्यक्षबीच विद्यालयमै मुक्कामुक्की

२०८१, ३० श्रावण बुधबार ०९:०९

साउन ३०, काठमाडौँ । शिक्षक सरुवाको विषय कति जटिल र जनप्रतिनिधिको स्वार्थको विषय बनेको छ भन्ने उदाहरण बाराबाट आएको छ । जहाँ एकजना शिक्षक सरुवाको विषयमा दुई जनप्रतिनिधिबीच कुरा नमिल्दा कुटाकुट र हात हालाहालकै अवस्था उत्पन्न भयो ।

मंगलबार दिउँसो जितपुर सिमरा उपमहानगरपालिका-२ स्थित सिमरा नेरा नमूना माध्यमिक विद्यालयमा मेयर राजन पौडेल र एकजना वडाअध्यक्षबीच शिक्षक, प्रहरी र स्थानीयबासीकै बीचमा कुटाकुट भएको हो । दुईजना शिक्षकको सरुवामा स्वार्थ बाझिँदा मेयर राजन पौडेल र वडा नम्बर २ का वडा अध्यक्ष धनबहादुर श्रेष्ठबीचको विवादले उग्र रुप लिँदा यी दुईजनाबीच कुटाकुट नै भएको हो, त्यो पनि विद्यालयभित्र, प्रहरीकै अगाडि ।

मेयर पौडेलले वडा नम्बर-२ स्थित सिमरा नेपाल राष्ट्रिय नमूना माध्यमिक विद्यालयका शिक्षक मेघराज गिरीलाई वडा नम्बर ७ स्थित फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विद्यालयमा सरुवा गरेका थिए । मेयरको निर्णयमा फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विद्यालयमा कार्यरत शिक्षिका सीता अधिकारीलाई सरुवा गरेर वडा नम्बर २ स्थित सिमरा नेरा नमूना माध्यमिक विद्यालयमा पठाएका थिए ।


तर नगर प्रमुखले उक्त निर्णय एकलौटी गरेका भन्दै वडाअध्यक्ष श्रेष्ठले शिक्षिक अधिकारीलाई हाजिर गराउन तयार भएनन् । आफ्नो वडास्थित सिमरा नेरा नमूना माध्यमिक विद्यालयका शिक्षक मेघराज गिरी ६ महिनाअघि मात्रै सरुवा भएर आएको उनको तर्क थियो । श्रेष्ठ शिक्षा ऐनमा पनि ६ महिना नपुग्दै शिक्षक सरुवा गर्न नमिल्ने उल्लेख भएकाले मेयरको निर्णय कानुनविपरीत भएको अडानमा थिए ।

उनले आफ्नो वडामा मेयरले सल्लाह नै नगरी गरेको शिक्षक सरुवालाई कुनै हालतमा नस्वीकार्ने बताएका थिए । उनको कुराले आक्रोशित मेयर पौडेल आफैं शिक्षिका अधिकारीलाई सिमरा नेरा नमूना माध्यमिक विद्यालयमा हाजिर गराउन पुगे । तर वडाअध्यक्ष श्रेष्ठ अधिकारीलाई हाजिर गराउन तयार भएनन् । शिक्षक गिरी आएपछि विद्यालयको पढाई राम्रो भएको जिकिरसहित उनले अधिकारीलाई कुनै हालतमा हाजिर नगराउने अड्डी कसे ।

त्यसपछि सिमरा नेरा नमूना माध्यमिक विद्यालयको कार्यालय कक्षमै विवाद भएको थियो । विवाद बढ्दै गएपछि मेयर पौडेल र वडाअध्यक्ष श्रेष्ठबीच विद्यालयभित्रै कुटाकुट भएको हो । मेयर पौडेल र वडाअध्यक्ष श्रेष्ठबीच विवाद चर्किँदै गएपछि स्थानीयले प्रहरीलाई बोलाए । त्यसपछि इलाका प्रहरी कार्यालय सिमराबाट डीएसपी चिरञ्जीवी पौडेल त्यहाँ खटिए। प्रहरीले विवाद बढाउन उचित नहुने भन्दा भन्दै मेयर पौडेल र श्रेष्ठबीच विद्यालयभित्रै घम्साघम्सी र कुटाकुट भयो । वडाध्यक्ष श्रेष्ठसँग कुटाकुटमा उत्रिएका मेयर पौडेल उक्त विद्यालयमा शिक्षिका अधिकारीलाई हाजिर नगराई हिँडे ।

विद्यालयमा कुटाकुट गरेको विषय वडा नम्बर १६ का अध्यक्ष हरिदेव खरेलले सार्वनजिक गरिदिए । ६ महिनाअघि मात्रै आएका शिक्षक गिरीलाई सरुवा गर्न नहुने अडानमा रहेका वडाध्यक्ष र शिक्षिका अधिकारीलाई हाजिर गराउन कस्सिएका मेयर पौडेलबीच कुटाकुटको भिडियो सामाजिक सञ्जालमा अहिले भाइरल भएको छ ।

‘मेघराज सरलाई ६ महिनाभित्रै सरुवा गरिएपछि आक्रोश हुनु स्वभाविक हो’, वडाअध्यक्ष श्रेष्ठले भने, ‘मेघराज सरले राम्रो पढाउँददा पढाउँदै सरुवा गरिएको हो । मेयरले यसबारे मसँग सल्लाह पनि गर्नु भएको थिएन । हामी मेघराज सरको रवाना दिँदैनौँ, सीता मिसलाई हाम्रो वडामा हाजिर गराउन सकिँदैन।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला