साउन ३०, काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले शान्ति प्रक्रियामा सहयोग पुर्याएवापत पूर्वराजा ज्ञानेन्द्र शाहलाई नोबेल शान्ति पुरस्कारका लागि दलहरूले सिफारिस गर्नुपर्ने बताएका छन् । बुधबारको प्रतिनिधिसभाको बैठकमा टीआरसी विधेयकमाथि छलफलमा भाग लिँदै उनले पूर्वराजालाई बिर्सन नहुने बताए ।
‘द्वन्द्व सम्झौताबाट टुंगिएको हो । समझौताको एउटा पक्ष राजालाई दलहरूलाई सम्झनुर्थ्यो । जसलो राजगद्दी छाड्न तयार भयो र शान्ति पक्रियामा साथ दियो । आज सम्झनुपर्छ त्यति पूर्वाग्राही बन्न हुन्न । आफ्नो दर्शन र मान्यता छन् । शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन राजाको योजदान छैन ?’
‘आफूले बहुमत र मौका पाउने बितिक्कै सम्झौतालाई बिर्सी दिने आफूले गरेको मात्र ठीक भने दुर्घटनाहरू हुन्छन् । भर्खर बंगलादेशको घटना अरु साथीले उठाउनुभयो । संसदमा प्राप्त बहमुत मात्र ठीक हुने रहेनछ,’ उनले भने । सबै पक्षलाई मिलाएर लैजान उनले आग्रह गरे ।