५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नेताको मृत्युको कामना सहित फेसबुक लाइभ गर्ने ज्योतिषी विरुद्ध साइबर अपराधको मुद्दा दर्ता

३० श्रावण २०८१, बुधबार १०:४८

साउन ३०, काठमाडौँ । ठूला नेताहरूको मृत्युको कामनासहित अनुष्ठान गरी लाइभ देखाउने पुष्कर खतिवडा विरुद्ध साइबर अपराध सम्बन्धी मुद्दा दर्ता भएको छ । मङ्गलबार जिल्ला अदालत काठमाडौंमा ज्योतिष खतिवडाले विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ को उपदफा (१) बमोजिमको कसुर गरेको भन्दै अभियोगपत्र दर्ता भएको हो । 

नेपाल सरकारलाई वादी र खतिवडालाई प्रतिवादी बनाई दायर गरिएको सो अभियोगपत्र अनुसार १४ साउनमा खतिवडाले ठूला नेताहरूको मृत्युको कामना गर्दै अनुष्ठान गरिरहेको भन्ने सूचना प्रहरीलाई प्राप्त भएको थियो । त्यही सूचनाका आधारमा प्रहरी पूजा लगाइरहेको ठाउँमा पुगेको थियो । त्यस क्रममा उनले घरको आँगनमा नेताहरूको फोटो जलाइसकेको र पूजा सामग्री राखी यज्ञ गरिरहेको प्रहरीले फेला पारेको थियो । 

उनले प्रयोग गर्ने सामसङ एस २३ अल्ट्रा फोनमा रहेको फेसबुक खोली हेर्दा ११ साउनमा खतिवडाले ‘देशलाई खाल्डोमा हाल्ने नेता हुन्’ भन्दै पोस्ट राखेका थिए । त्यही पोस्टमा उनले नेताहरूको मृत्युको कामना गरी सोमबार पूजा गर्न लागेको भन्ने सूचना राखेका थिए । 


त्यसपछि प्रहरीले खतिवडालाई नियन्त्रणमा लिएको थियो । यता खतिवडाले भने बयानमा आफूले नेताहरूको मृत्युको कामना गरी पूजा गर्ने निर्णय गरेको र सोही अनुसार पोस्ट राखेको स्वीकारेका छन् । १४ साउनका दिन उनले गुगलबाट प्रधानमन्त्रीसहित शीर्ष नेताको फोटो डाउनलोड गरी त्यसलाई प्रिन्ट गरेर फोटोमा हार चढाएका थिए ।

सो भिडिओ फेसबुकमा उनका आफन्तले देखेपछि त्यसो नगर्न सुझाव दिए । त्यसपछि उनले फोटोको हार निकाली नेताको सद्‌बुद्धि आओस् र राष्ट्रमा शान्ति होस् भन्ने मनसायले पूजा गरेको भनी भनाइ फेरे । 

तर, पुरानो भिडिओलाई लिएर भ्रामक सूचना राखिएको उनको आरोप छ । “पुरानो भिडिओलाई मात्र अनर्गल प्रचार गरी मेरो कार्यभन्दा फरक ढङ्गले प्रचार गरिएको मात्रै हो,” उनले अगाडि भनेका छन्, “त्यस भिडिओमा प्रचार गरिएको जस्तो नेताको मृत्युको कामना नगरी सकारात्मक इच्छा राखेर पूरा गरेको हुँ ।” 

अभियोगपत्रको अभियुक्त उपरको अभियोग खण्डमा लेखिएको छ, “प्रतिवादी पुस्कर खतिवडाले भीभीआईपी व्यक्तिको फोटो जलाई, मृत्युको कामना गरी यज्ञ गरिरहेको लाइभ भिडियो आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फतबाट सार्वजनिक गरी नैतिकता, शिष्टाचार विरुद्धका सामाग्री वा घृणा वा द्वेष फैलाउने अमर्यादित क्रियाकलाप गरी सनातन हिन्दु धर्म संस्कृतिबाट परिकल्पना नै नगरिएको कार्य गरी धार्मिक भावना, धार्मिक सहिष्णुतामा खलल पुर्याउने कार्य गरेको हुँदा निज प्रतिवादी पुष्कर खतिवडाले गरेको उक्त कार्य विद्युतीय (इलेक्ट्रोनिक) कारोवार ऐन, २०६३ को दफा ४७ को उपदफा (१) बमोजिमको कसुर गरेको स-प्रमाण पुष्टि हुन आयो ।”


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता