५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

साइबर ब्युरोलाई सुनीता डंगोलको आग्रह : प्रविधि दुरुपयोगबाट चरित्रहत्या गरियो, कारबाही होस्

३० श्रावण २०८१, बुधबार ११:३०

साउन ३०, काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले एआईको प्रयोग गरी विभिन्न अनधिकृत सामाजिक सञ्जालमार्फत आफ्नो नाम जोडेर चरित्रहत्या गर्ने काम भएको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्र लेखेकी छन्। यसअघि पनि त्यस्ता पेजहरू बन्द गर्न आग्रह गरेको र अहिलेसम्म बन्द नभएको भन्दै उनले पुनः पत्र लेखेकी हुन्।

२०८१ जेठ १३ र असार २५ गते केही फेसबुक पेजहरूलाई बन्द गर्न पत्राचार गरेको तर अहिले पनि प्रयोगमै रहेको उनको गुनासो छ।

‘एआई प्रविधिबाट फोटो तथा भिडियो एनिमेसन गरी सामाजिक सञ्जालहरूमा हाली व्यक्तिको चरित्रहत्या गर्नेसम्मका कार्य भइरहेकाले यथासम्भव चाँडो अनुसन्धान गरी उक्त भिडियो, फोटो तथा समाचारहरू हाटाइदिनुहुन र त्यस्ता गैरकानुनी ढंगबाट समाजमा गलत गतिविधि गर्नेहरूलाई कानुनबमोजिम कारबाही गरी सहयोग गरिदिनुहुन पुनः अनुरोध गर्दछु,’ डंगोलका तर्फबाट उनको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख लेखिएको छ।

उपप्रमुख डंगोलले पनि अनधिकृत तरिकाले खोलिएका पेजहरुमार्फत महिलाको चरित्रहत्या गर्ने, समाजमा विद्वेष फैलाउनेजस्ता गलत गतिविधि मौलाएको भन्दै त्यस्ता पेजहरूको निगरानी गर्न र बन्द गराउन आग्रह गरेको जानकारी दिइन्।

‘अनधिकृत तरिकाले खोलिएका पेजहरूमार्फत समाजमा वैरभाव फैलाउने, सामाजिक सद्भाव भड्काउने, महिलाको चरित्रहत्या गर्नेजस्ता कार्यहरू बढ्दै गएका छन्,’ उनले भनिन्, ‘मेरै सन्दर्भमा पनि यस्ता खालका पेजहरू प्रविधिको दुरूपयोग गरेर चरित्रहत्या गर्ने कार्यहरू भइरहेका छन्। यस्ता कुरालाई नियन्त्रण नगर्ने हो भने आम महिला दिदीबहिनीहरूले बढ्दो प्रविधिको प्रयोगसँगै असुरक्षित महसुस गर्नुपर्ने हुन्छ। त्यसैले यस्ता गविविधि नियन्त्रण गर्नुपर्छ भनेर मैले सार्वजनिक मञ्चहरूमा पनि भन्दै आएकी छु।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता