५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

प्राधिकरणको प्रगतिबाट आत्तिएकाहरूले मविरुद्ध उजुरी दिए : कुलमान घिसिङ

३० श्रावण २०८१, बुधबार ११:४६

साउन ३०, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूविरुद्ध अख्तियारमा उजुरी दिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ ।

कुलमान घिसिङले आफ्ना दाजुहरूको नाममा कम्पनी खोलेर र विद्युत् खरिद सम्झाैता (पीपीए) दिने क्रममा भ्रष्टाचार गरेको भन्दै पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) रमेश खरेलले हिजो अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिनुभएको थियो । खरेलले यसअघि पनि पत्रकारिताका सर्वमान्य सिद्धान्त र मूल्य मान्यता विपरीत आफू र आफ्नो परिवारको बद्नाम गराएकोमा अहिले अख्तियारमा उजुरी दिएको र उजुरीलाई सामाजिक सञ्जालबाट सार्वजनिक गरेर चरित्रहत्या गरेको घिसिङले बताउनुभएको छ ।


देशमा 'लोडशेडिङ' को अन्त्य गरेर विद्युतकाे क्षेत्रमा चौतर्फी विकास भएको अवस्थाबाट आत्तिएका केही व्यक्तिले आफू र आफ्ना परिवारका सदस्यविरुद्ध लाञ्छना लगाइरहेको दाबी गर्दै घिसिङले रमेश खरेलले उठाएका सबै विषयको खण्डन गर्नुभएको छ ।

त्यस्तै विद्युत् महसूल बक्यौता रकम असुल गर्न चालिएका कदमबाट आत्तिएका केही व्यक्ति तथा संस्था अहिले आफूविरुद्ध लागिरहेको दाबी गर्दै घिसिङले अझै निष्ठापूर्वक, इमानदार भएर कार्यकारी प्रमुखको रूपमा आफ्नो भूमिका पूरा प्रतिबद्धता जनाउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता