२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

प्राधिकरणको प्रगतिबाट आत्तिएकाहरूले मविरुद्ध उजुरी दिए : कुलमान घिसिङ

२०८१, ३० श्रावण बुधबार ११:४६

साउन ३०, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूविरुद्ध अख्तियारमा उजुरी दिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ ।

कुलमान घिसिङले आफ्ना दाजुहरूको नाममा कम्पनी खोलेर र विद्युत् खरिद सम्झाैता (पीपीए) दिने क्रममा भ्रष्टाचार गरेको भन्दै पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) रमेश खरेलले हिजो अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिनुभएको थियो । खरेलले यसअघि पनि पत्रकारिताका सर्वमान्य सिद्धान्त र मूल्य मान्यता विपरीत आफू र आफ्नो परिवारको बद्नाम गराएकोमा अहिले अख्तियारमा उजुरी दिएको र उजुरीलाई सामाजिक सञ्जालबाट सार्वजनिक गरेर चरित्रहत्या गरेको घिसिङले बताउनुभएको छ ।


देशमा 'लोडशेडिङ' को अन्त्य गरेर विद्युतकाे क्षेत्रमा चौतर्फी विकास भएको अवस्थाबाट आत्तिएका केही व्यक्तिले आफू र आफ्ना परिवारका सदस्यविरुद्ध लाञ्छना लगाइरहेको दाबी गर्दै घिसिङले रमेश खरेलले उठाएका सबै विषयको खण्डन गर्नुभएको छ ।

त्यस्तै विद्युत् महसूल बक्यौता रकम असुल गर्न चालिएका कदमबाट आत्तिएका केही व्यक्ति तथा संस्था अहिले आफूविरुद्ध लागिरहेको दाबी गर्दै घिसिङले अझै निष्ठापूर्वक, इमानदार भएर कार्यकारी प्रमुखको रूपमा आफ्नो भूमिका पूरा प्रतिबद्धता जनाउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला