५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रौतहटमा पेटमा चक्कु प्रहार गरी गरे वृद्धको हत्या

३१ श्रावण २०८१, बिहीबार ०३:०२

साउन ३१, रौतहट | रौतहटको सदरमुकाम गौर स्थित पेटमा चक्कु प्रहार गरी एकजना वृद्धको हत्या गरिएको छ।

गौर नगरपालिका -५ कोईरी टोलका ७४ बर्षीय अनुरुद महतोको पेटमा चक्कु प्रहार गरी हत्या गरिएको हो।

गएराति खाना खाएर आफ्नो घरमा सुतेका महतोको शव घर देखि २०० मीटर पर धानको खेतमा देखिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छिन्। स्थानीयले शव हेरेर प्रहरीलाई खबर गरेका थिए।

घटनाको खबर लगत्तै जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरे सहितको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको प्रवक्ता गिरीले जानकारी दिएकी छिन्।

गौर स्थित झुलेंगेपुलको दक्षिण पट्टी धानको खेतमा भेटिएको मृतक अनुरूध महतोको पेटमा धारिलो हतियार प्रयोग भएको देखिएको एसपी घिमिरेले बताएका छन्।

मृतक महतो लागूऔषध गाँजा प्रयोग गर्ने मानिस भएकाले घटना गर्ने लागू औषध प्रयोगकर्ता हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ। मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाईएको छ।

घटनामा संलग्न हालसम्म कोही पक्राउ पर्न नसकेको तथा थप अनुसन्धान भइरहेको एसपी घिमिरेले जानकारी दिएका छन्। घटनामा संलग्न अपराधी चाँडै पक्राउ हुने प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता