७ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गृहकार्य गरेको कापी लिन घर फर्किँदा १३ वर्षीया बालिका बलात्कृत, दुईजना पक्राउ

३१ श्रावण २०८१, बिहीबार ०५:४७

साउन ३१, काठमाडौं | बारामा  १३ वर्षीया बालिका बलात्कार आरोपमा दुईजना पक्राउ परेका छन् । मंगलबार दिउसो करिब १२:३० मा उक्त बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा निजगढ नगरपालिका–४ बस्ने ३३ वर्षीय सन्जोग खतिवडा र निजगढ–५ बस्ने २७ वर्षीय दिनेस चौलागाई रहेका छन् । 

निजगढ नगरपालिका–५ स्थित श्री जनजागृति आधारभूत विद्यालयमा अध्ययन गर्न गएकी ‘जिल्ला ३३ ८१र८२ ख’ बालिकाले शिक्षक पुजनीय खड्काले दिएको गृहकार्य गरेको कापी भुलबस घरमा छुटेको शिक्षकलाई बताएपछि शिक्षक खड्काले उनलाई गृहकार्य गरेको कापी लिन करिब १२:१५ मा घर पठाएका थिए ।

उनी त्यहीँ गृहकार्यको कापी लिन घर जाने क्रममा आफुलाई दुईजना पुरुषले बलात्कार गरेका घटना परिवारसँग बताएपछि घटना बाहिरेको हो । मंगलबार विद्यालयबाट घर जाने क्रममा मोटरसाइकलमा आएका दुईजना नचिनेका मानिसले केही पैसा र मिठाई दिएर आफूमाथि जबर्जस्ती करणी गरेको बालिकाले अभिभावक र आफन्तलाई बताएकी थिइन् । घटना थाहा पाएलगत्तै अभिभावक र आफन्त प्रहरीकोमा पुगेका थिए ।

निजगढ नगरपालिका–५ स्थित श्री जनजागृति आधारभूत विद्यालयबाट बालिका घर जाने क्रममा उनीहरूले जबर्जस्ती करणी गरेको भन्ने ‘जिल्ला ३३ ८१र८२ ख’ को उजुरीका आधारमा इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो । प्रहरीले खतिवडालाई मंगलबार राति ११ बजे साथिको घरबाट र चौलागाईलाई बुधबार घर नजिकैबाट प्रक्राउ गरेको हो ।

घटनाको जानकारी पाउने बित्तिकै इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहाले निजगढस्थित सामुदायिक अस्पतालमा बालिकाको शारीरिक परीक्षण गर्दा उनीमाथि बलात्कार पुष्टि भएको अस्पतालका चिकित्सकहरूले जानकारी दिएको बताए ।

बालिकाले प्रक्राउ गरेकाहरुको सनाखतसमेत गरिसकेकी छिन् । प्रक्राउ परेकामध्ये खतिवडा यसअघि केही समय अगाडि मात्र लागुऔषध मुद्दामा सजाय भुक्तान गरी जेलबाट छुटेको प्रहरीले जनाएको छ । उनीहरूलाई जिल्ला अदालत बाराबाट ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा दुई अपरेशनमा ९ आतङ्कवादी मारिए सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता अवामी लिगबिनाको चुनाव ‘राज्याभिषेक’ मात्र : शेख हसिना संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना नेप्से परिसूचकमा १३ अङ्कको गिरावट माइतीघर मण्डलामा प्रदर्शनरत आठ जना प्रहरी नियन्त्रणमा गाँजासहित एकजना पक्राउ सुनको मूल्यमा नयाँ रेकर्ड पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ : महामन्त्री थापा ‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने