कात्तिक १६, परासी । गण्डक जल विद्युत केन्द्र सुर्यपुरा पावर हाउसको विद्युत उत्पादन अहिले शुन्यमा झरेको छ । १५ मेगावाट क्षमतावान पावर हाउसमा हाल उत्पादित ४ मेगावा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १६, परासी । गण्डक जल विद्युत केन्द्र सुर्यपुरा पावर हाउसको विद्युत उत्पादन अहिले शुन्यमा झरेको छ । १५ मेगावाट क्षमतावान पावर हाउसमा हाल उत्पादित ४ मेगावा"/>
2026-07-07 05:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

पानी बन्दको कारण बिद्द्युत उत्पादन शुन्य

कात्तिक १६, परासी । गण्डक जल विद्युत केन्द्र सुर्यपुरा पावर हाउसको विद्युत उत्पादन अहिले शुन्यमा झरेको छ । १५ मेगावाट क्षमतावान पावर हाउसमा हाल उत्पादित ४ मेगावाट पनि नहरमा पानीको अभावले शुन्यमा झरेको छ । भारत सरकारले वर्षको दुई पटक नहरको मर्मतका लागि ३० दिनदेखि ४० दिनसम्म नहर पानीमा रोक लगाउने गरेको छ । नहरको सरसफाई तथा मर्मतका लागि २५ अक्टुबरदेखि २५ नोभेम्बरसम्म भातर सरकारले पानी रोकेपछि विद्युत उत्पादन शुन्यमा झरेको होे । 

पावर हाउसमा विद्युत शुन्य भएको बेला विद्युत आपुर्ति गर्न पावर हाउसले भारतबाट १ सय ३२ किलो भोल्ट विजुली किनेर ३३ किभी र ११ किभी मा ट्रान्फर गरि जिल्लामा पठाउने गरेको पावर हाउसका निमित्त प्रमुख विरेन्द्र शाहले बताउनु भयो । निमित्त प्रमुख शाहका अनुसार पावर हाउसमा जडित ३ वटा टरवाईन मध्ये टरवाईन नंम्बर ३ मात्र संचालनमा रहेपनि भने १ र २ नम्बरको युनिटहरु अहिले बन्दमा अवस्थामा रहेको बताउनु भयो । 

टरवाईन नंम्बर १ पुर्ण रुपले ध्वस्त अवस्थामा छ भने लामो समयदेखि विग्रेको अवस्थामा रहेको टरवाईन नं. २ को मर्मत कार्य सम्पन्न भईसकेको र पानीको अभावले संचालनमा मात्र आउन नसकेको पावर हाउसले जनाएको छ । नहरमा पानी आएपछि ३ र २ नम्बरको दुईटै टरवाईन संचालनमा ल्याई ८ मेगावाट विद्युत उत्पाद गर्ने र जिल्लाको गण्डक, बर्दघाट, सुनवल, परासी र महेपुर क्षेत्रमा लोडसेडिङ्ग पुर्ण रुपले घटाउन पावर हाउसले लक्ष्य बोकेको जनाएको छ । 

भारत सरकारले सन १९६६ सालमा पावर हाउस प्रोजेक्ट शुरु गरि सन १९७९ मा मात्र संचालनमा ल्याएको थियो । भारत र नेपालको सम्झौता अनुसार पावर हाउस १९८१ सालमा भारतले नेपाललाई हस्तान्तरण गरेको थियो । २५ वर्षमा पावर हाउसको सम्पुर्ण टरवाईन, जेनेरेटर र मेसिनहरु (रिहैबिटेशन) फेर्न पर्नेमा अहिले ३६ वर्ष भईसक्दापनि मर्मत गरि–गरि काम चलिरहेको पावर हाउसका कर्मचारीहरुले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने