साउन ३२, काठमाडौं | नेपाल टेलिकमको सेवा आज अवरुद्ध हुने भएको छ । टेलिकमले ग्राहक सेवा प्रणाली स्तरोन्नति गर्न लागेकाले आज राति ब्यालेन्स रिचार्ज, प्याकेज खरिद र सोधपुछ सेवा प्रभावित हुने सक्ने बताएका छन् |
त्यसक्रममा आज (शुक्रबार) गते राति ११ बजेदेखि करिब चार घण्टा सेवा प्रभावित हुने टेलिकमले जनाएको छ ।
नेपाल टेलिकमले सूचना जारी गरी उक्त जानकारी दिएको हो । नेपाल टेलिकमले ग्राहक सेवा प्रणालीको स्तरोन्नती कार्य नियमित भएको जनाएको छ । यसबाट ग्राहक वर्षमा पर्न जाने असुविधाप्रति नेपाल टेलिकमले क्षमासमेत मागेको छ ।