५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दूधकोशीमा बाढी- काठमाडौंबाट जान सकेन हेलिकप्टर, नदीमा फसेकालाई निकाल्न समस्या

३२ श्रावण २०८१, शुक्रबार १०:०२

साउन ३२,  काठमाडौँ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामे क्षेत्रमा हिमपोखरी फुटेर भीषण बाढी आएको छ ।

बाढीका कारण थामे गाउँका ७० प्रतिशत घर डुबानमा परेका छन् । कयौँ घर पूरै भत्किएका छन् ।


खुम्बु पासाङल्हामु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले टासी लाप्चा क्षेत्रको कुनै एक पोखरी फुटेर बाढी आएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको बताएका छन् ।

‘हाम्रो गाउँपालिकाको माथिल्लो भागमा रहेको तासिलाक्चा जाने बाटोका कुनै पोखरी फुटेको अनुमान हामीले गरेका छौँ । दूधकोशीको बाढीले मानवीय क्षति भएको जानकारी आएको छैन । तर केही मानिसहरू नदीको बहावका कारण फसेको खबर पाएका छौँ’, उनले भने, ‘फसिरहेका मानिससँग हामी सम्पर्कमा छौँ । नदीको बहाव कम भइसकेपछि उनीहरूलाई उद्धार गर्ने योजना छ ।’

भुसालले बाढीलगत्तै काठमाडौंबाट हेलिकप्टर मगाए पनि खराब मौसमका कारण आउन नसकेको बताए । ‘डुबानमा परेको बस्तीमा पानीको बहाव केही कम भएको छ । केही झोलुङ्गे पुल पनि जोखिममा छन् । काठमाडौंबाट हेलिकप्टर मगाएका थियौँ तर खराब मौसमले समस्या भयो’, उनले भने, ‘बाढीपछि जिल्ला सदरमुकाबाट पनि सुरक्षाकर्मीको टोली परिचालित भएको खबर आएको छ । हामी प्रमुख जिल्ला अधिकारीसँग नियमित सम्पर्कमा छौँ ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता