साउन ३२, काठमाडौँ । वैदेशिक रोजगारीमा क्यानडा पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर–६ घर भएका ३५ वर्षीय सुमन ज्ञवाली छन् ।
आरोपीले ६ जना पीडितहरूबाट २७ लाख ठगी गरेको अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए ।
रकम लिएपछि उनी सम्पर्कविहीन भएका थिए । उनलाई थप अनुसन्धान र कारबाहीका लागी प्रहरीले वैदेशिक रोजगार विभागमा पठाएको छ । ज्ञवाली काठमाडौँ महानगरपालिका–२६ स्थित नयाँ बसपार्कमा बस्दै आएका छन् ।