७ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कान्तारा हिराे ऋषभ शेट्टी, जाे पानीको बोतल बेचेर गुजारा चलाउँथे

२ भाद्र २०८१, आईतवार ०६:२२

भदौ २, हैदाराबाद | ऋषभ शेट्टी, दुई वर्षअघिसम्म यो नाम साउथ फिल्म इन्डस्ट्रीमा मात्रै चिनिन्थ्यो तर अहिले सिंगो देशलाई थाहा छ ।

कारण हो ‘कान्तारा’ जसका लागि ऋषभले उत्कृष्ट अभिनेताको अवार्ड पाएका छन् । मात्र १६ करोड रुपैयाँमा बनेको कान्ताराले विश्वभर करिब ४१५ करोड रुपैयाँ कमाएको थियो ।

ऋषभ ‘कान्तारा’का लेखक, निर्देशक र अभिनेता हुन् । कान्ताराले ६ वटा मात्रै चलचित्र निर्देशन गरेका ऋषभलाई पहिलो दर्जाका निर्देशकमा ल्याएका थियाे ।

ऋषभका लागि यो सबै सजिलो थिएन। उनले सफलता हासिल गर्न करिब २० वर्ष संघर्ष गर्नु परेको थियो । कहिले पानीको बोतल र क्यान बेचेर जीविकोपार्जन गर्थे त कहिले होटलमा अनौठो काम गर्थे । उनी फिल्ममा स्पटब्वाईको रुपमा प्रवेश गरेका थिए । लामो संघर्षपछि २०२२ मा उनले वास्तविक सफलता पाए र आज उनी ठूलो उचाइमा छन्।

६ वर्षको उमेरमा अभिनेता बन्ने सपना थियो

७ जुलाई १९८३ मा भास्कर शेट्टी र लक्ष्मी शेट्टीको कांदापुरा, उडुपी, कर्नाटकमा एक छोराको जन्म भयो, जसको नाम प्रशान्त थियो। यस प्रशान्तलाई पछि ऋषभ शेट्टीको रूपमा पहिचान गरियो। ऋषभको स्कुलिङ कण्डपुरा जस्तो सानो गाउँमा भएको थियो।


६ वर्षको उमेरदेखि नै उनलाई नृत्य र अभिनयमा रुचि बढ्यो । त्यसपछि उनले बिकम पढ्न बेंगलुरुको विजया कलेजमा भर्ना भए ।

यहाँ पनि ऋषभलाई रंगमञ्चमा बढी रुचि थियो । उनले यक्षगान  (परम्परागत थिएटर रूप) मा प्रदर्शन गरिरहन्थे, जहाँ उनकाे यो प्रतिभाको लागि धेरै प्रशंसा गरियो। यही प्रशंसाबाट प्रेरित भएर ऋषभले अभिनयमा करियर बनाउने सोच बनाए ।

पानीको बोतल बेचेर गुजारा चलाउँथे

आफ्नो गैर-फिल्मी पृष्ठभूमिका कारण ऋषभलाई फिल्मी दुनियाको बारेमा कुनै जानकारी थिएन, त्यसैले धेरै अनुसन्धान पछि उनले पढाइसँगै फिल्म निर्देशनमा डिप्लोमा गर्ने सोचेका थिए। ऋषभले सरकारी फिल्म एण्ड टिभी इन्स्टिच्युट, बैंगलोरमा भर्ना भए । मध्यमवर्गीय परिवारका ऋषभले आफ्नो पढाइ र जीविकोपार्जनका लागि आफ्ना आमाबुवालाई कष्ट दिन चाहँदैनन्, त्यसैले उनले धेरै अनौठा कामहरू गरे। उनले पानीको बोतल र क्यान बेच्ने काम गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्यमा नयाँ रेकर्ड पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ : महामन्त्री थापा ‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ