२०८२, २७ माघ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भोलि जनैपूर्णिमाबारे पञ्चांग निर्णायक समितिको यस्तो छ विशेष सूचना

२०८१, २ भाद्र आईतवार ०७:११

भदौ २, काठमाडौँ ।  पञ्चांग निर्णायक समितिले भदौ ३ गते परेको जनैपूर्णिमाको दिन दिउँसो साढे १ बजेपछि मात्रै रक्षाबन्धन बाँध्न आग्रह गरेको छ । यद्यपी यो आग्रह भने राष्ट्र प्रमुखका लागि भएको समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारी, कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेल तथा धर्मशास्त्र प्रमुख प्रा. डा. देवमणि भट्टराईले विज्ञप्ति जारी गर्दै आम नागरिकमा उक्त दिन के गर्ने भनेर द्विधा रहेको भन्दै शास्त्रमा उल्लेख भएअनुसार जानकारी दिएको जनाएका हुन् ।


भदौ ३ गते साढे १ बजेअघि भद्रा परेको र उक्त दिन अन्य कर्म गर्न मिल्ने शास्त्रमा उल्लेख भएपनि रक्षाबन्धन लगायत जनै पूर्णिमा सम्बन्धी कर्म गर्दा हानी हुने बताइएको छ ।

‘भद्रामा श्रावणीसम्बन्धी काम र होलिका दहनको काम गरेमा श्रावणीको कामबाट राजा अर्थात् राष्ट्रप्रमुख र होलिका दहन गरेमा गाउँ एवम् शहरको नाश हुन्छ भन्ने विषय शास्त्रमा स्पष्ट उल्लेख छ’, समितिको विज्ञप्तिमा भनिएको छ ।

त्यसैले, राष्ट्र प्रमुखले भने उक्त दिन साढे १ बजेपछि मात्रै जनैपूर्णिमा र रक्षा बन्धनको कार्य गर्न भनिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न राप्रपाको माग निर्वाचनका लागि सुरक्षा सुदृढ बनाउन सरकार प्रतिवद्ध छ: गृहमन्त्री अर्याल चुनाव पछाडि फेरि कहीँ कतै आगो लाग्नु हुँदैन: गगन थापा यसपटक चितवन मात्र जितेर हुँदैन, देशैभरि जित्नुपर्ने अवस्था छ: रवि लामिछाने प्रधानमन्त्री कार्कीबाट अभिनेता सुनिल थापाको निधनप्रति दुख व्यक्त एघार हतियार बुझाइयो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु वरिष्ठ कलाकार सुनिल थापाको निधन काठमाडौँमा चर्को आवाज निकाल्ने मोटरसाइकलमाथि कडा निगरानी मोटरसाइकल पार्किङको विषयमा झगडा हुँदा एक जनाको मृत्यु स्रोत नखुलेको रकमसहित एक जना पक्राउ भिड्न आउँछु भन्नेलाई म स्वागत गर्छु: केपी शर्मा ओली नेपाल–भारत सीमामा हतियारसहित एकजना पक्राउ नेपालको सबैभन्दा पुरानो पार्टी पनि कांग्रेस हो र सबैभन्दा नयाँ पार्टी पनि कांग्रेस नै हो: सभापति थापा सिरिन्ज आक्रमणबाट एक जनाको मृत्यु सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै सुनचाँदीको मूल्य घट्यो कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो