२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

लाखौं मूल्य बराबरका सुनचाँदीका गहनासहित एक जना पक्राउ

२०८१, २ भाद्र आईतवार ०७:२८

भदौ २, सिरहा । सिरहामा लाखौं मूल्य बराबरको सुनचाँदीको गहनासहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पाँचथरको आरुबोटे नगरपालिका- ५ बाजघरा घर भई झापाको दमकस्थित डेरा लिई बस्दै आएका २८ वर्षीय रोशन बराइली रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।


सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितका अनुसार सिरहा नगरपालिका ७ महिसोथास्थित ग्रामिण सडक खण्डमा सिरहाबाट चौहर्बातर्फ जाँदै गरेको प्र १-०१-०१४ प ४६२५ नम्बरको मोटरसाइकललाई शंकाको आधारमा चेकजाँच गर्दा बराइलीले बोकेको झोलाबाट सुनचाँदीको गहना बरामद भएको हो ।

प्रहरीले बराईलीको साथबाट चाँदीको बाला ६४ थान, ब्रासलेट ११ थान, चुरा २९ थान, रड १ थानगरी २ लाख १७ हजार ६८१ रुपैयाँ बराबरको २ केजी ६५२.४ ग्राम गहना र सुनको हरियो पोतेमा जडित माला १८ थान, रातो पोतेमा जडित माला ३० थान, सेतो माती मालामा जडित ५ थान, खुल्ला चन्द्रमा ६ थान, पोतेमा जडित चक्र ८ थान, पोतेमा जडित मंगलसुत्र १ थानगरी ३ लाख ३५ हजार २२८ रुपैयाँ बराबरको २६.०५ ग्राम सुनको गहना बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !