७ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कुनै योगदान नभएकालाई सामाजिक सञ्जालबाट कराएर महान् बनाउन खोजियाे: ओली

२ भाद्र २०८१, आईतवार १०:०७

भदौ २, काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक थिति र प्रबन्ध भत्काएर समाज अघि बढ्न नसक्ने बताएका छन ।

नेपाल खेलकुद महासंघको तेस्रो केन्द्रीय कमिटी बैठकलाई आइतबार सम्बोधन गर्दै ओलीले सामाजिक प्रबन्धलाई माने र नै समाज अघि बढ्ने बताएका हुन ।

‘सामाजिक प्रबन्ध मानेर नै समाज चल्ने हो, संविधान, कानुन मानेर नै समाज चल्छ’, उनले भने ।

नेपालमा स्थापना गरिएको प्रणाली उपयुक्त छ कि छैन भन्ने विषयमा अहिले छलफल गर्ने बेला नभएको ओलीले बताए । संवैधानिक व्यवस्थालाई प्रभाकारी रूपमा कार्यान्वयन गर्न र सफल बनाउने तर्फ ध्यान जानु पर्नेमा ओलीकाे जोड छ ।

स्वतन्त्रता भनेको छाडापन नभएको प्रष्ट पार्दै उनले भने, ‘स्वतन्त्रताको हक भनेको बेलगमा र छाडा हुनु होइन, लोकतन्त्र भनेको छाडातन्त्र होइन ।

लोकतन्त्र भनेको जनताको शासन भएको बताउँदै ओलीले यो छाडा हुन नसक्ने बताए । कसैको सनकका भरमा शासन सञ्चालन नहुने प्रष्ट पार्दै भने, ‘लोकतन्त्र एउटा अनुशासित समाज हो ।’

कुनै योगदान नभएकालाई सामाजिक सञ्जालबाट कराएर महान् बनाउन खोज्ने र जसले योगदान गरेका छन्, तिनीहरूलाई बदनाम र अपमान गरेर सिद्ध्याउन खोज्ने प्रयास भएका भन्दै ओलीले त्यो कुरा बुझ्न जरुरी रहेकोसमेत बताए । लोकतान्त्रिक, सभ्य र गतिशील समाज निर्माणकाे दिशामा अघि बढ्न ओलीले सबैलाई आह्वान गरेका छन् ।

अहिलेको सरकार भ्रष्टाचार नियन्त्रणका लागि बनेको बताउँदै ओलीले भ्रष्टाचार नियन्त्रणमा हल्ला गर्ने र भ्रष्टाचार लुकाउनको लागि नभएर त्यसको नियन्त्रणको लागि काम गर्न बनेको बताए ।

कसैलाई आग्रह वा पूर्वाग्रह राखेर फसाउने काम सरकारबाट नहुने बताउँदै ओलीले भ्रष्टाचार विरुद्ध कानुन अनुसार शून्य सहनशीलता अपनाइने प्रष्ट पारेका छन । ‘हामी कसैको विरुद्ध छैनौँ, तर कसैले पनि कसैका विरुद्ध बेठिक गर्न पाइँदैन ।’

ओलीले सरकाले खेल क्षेत्रको महत्त्व बुझेको बताउँदै आफ्नो गच्छे अनुसार खेल क्षेत्रको विकासका लागि काम गर्ने बताउनुभयो । त्यसैले क्रिकेट रङ्गशालाका काम ३ सय दिन भित्रै सक्ने घोषणा गरेर सरकारले काम  गरिरहेको ओलीले जानकारी दिए ।


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्यमा नयाँ रेकर्ड पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ : महामन्त्री थापा ‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ