भदौ २, काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको मेडिकल कलेज बीएण्डसीले पाएको सम्बन्धनविरुद्ध डा. गोविन्द केसीले सर्वोच्च अदालत पुगेका छन् ।
बीएण्डसीले पाएको सम्बन्धन त्रुटिपूर्ण रहेको दाबी गर्दै केसी आइतबार आफैँ सर्वोच्च अदालत पुगेर निवेदन दर्ता गराएका हुन् ।
केसीले यसअघि बीएण्डसीको पक्षमा भएको बदर हुनुपर्ने माग गरेका छन्, जसमा उनले ८ वटा कारण देखाएका छन् ।