२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रवि लामिछानेसँग भदाै ७ मा बयान लिने तयारी

२०८१, ३ भाद्र सोमबार ०७:२०

भदौ ३,  काठमाडौँ । सहकारी बचत अपचलनका लागि छानबिन गर्न बनेको संसदीय विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी सभापतिसमेत रहेका सांसद रवि लामिछानेलाई बयानका लागि बोलाउने तयारी गरेको छ । यसअघि बोलाउने तयारी गरे पनि विभिन्न कारणले मिति सरेको समितिका एक सदस्यले जानकारी दिए । लामिछाने अघि अर्का एक व्यक्तिको बयान लिइने ती सदस्यले बताए । 

‘प्रमाण बिना बोलाउने कुरा भएन । प्रमाण थप सशक्त बनाउने तयारी भइरहेको छ । त्यसका लािग अर्को व्यक्तिको बयान हुनेछ,’ ती समिति सदस्यले भने, ‘भदौ ७ गतेतिर उहाँलाई बोलाएर बयान लिनुपर्छ भन्ने तयारी छ, तलमाथि पनि हुन सक्छ । पहिले पनि सरेको हो ।’ 


समितिले आइतबार रास्वपा सहमहामन्त्री विपिन आचार्यलाई बोलाएर समितिले बयान लिइसकेकाे छ । लामिछानेसँग जाेडिएका कुमार रम्तेल, रोशनी गुरुङलगायतसँग बयान लिइसकेकाे छ । यिनीहरूको बयानबाट सभापति लामिछानेविरुद्ध थप प्रमाण बलियो बनाउने तयारी गरेको छ । 

‘उहाँ (लामिछाने) को नाममा छानबिन गर्ने भन्ने त होइन । गोर्खा मिडियाको छानबिन गर्दा जिम्मेवार व्यक्ति भएकाले उहाँलाई बोलाउने तयारी गरेका छौं,’ ती सदस्यले भने । उनका अनुसार बयानका क्राममा विपिन आचार्यले कम्पनीको प्रबन्ध निर्देशक लामिछाने भएपछि उनकै हस्ताक्षर चल्ने हो भनेर बयान दिएका छन् । 

समितिले गोरखा मिडियाअन्तर्गत सञ्चालित ग्यालेक्सी टेलिभिजन सुरुवाती लगानीकर्ता छविलाल जोशी र रवि लामिछानेलाई एकै दिन बोलाउने तयारी गरेको समितिका अर्का सदस्यले बताए । जोशीको आमाको निधन भएकाे र ६ भदाैसम्म किरियामा बस्नुपर्ने भएकाले समितिले जोशीसहित रविलाई ७ भदाैमा बोलाउने तयारी गरेको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला