२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

२५ हजार धरौटी तिरेर छुटे नेताहरूको मृत्युको कामना गरेर यज्ञ गर्ने पुष्कर खतिवडा

२०८१, ३ भाद्र सोमबार ०७:३४

भदौ ३,  काठमाडौँ । भीआईजीको मृत्युको कामना गरेर यज्ञ सञ्चालन गर्ने पुष्कर खतिवडा रिहा भएका छन् । काठमाडौँ जिल्ला अदालतको आदेश अनुसार आफूलाई धर्मगुरु दाबी गर्ने खतिवडा २५ हजार धरौटीमा रिहा भएका हुन् ।

उनी साउन १४ मा मण्डिखाटारबाट पक्राउ परेका थिए । खतिवडाले सामाजिक सञ्जाल फेसबुक मार्फत लाइभ गरेर नेताहरूको मृत्युको कामना गर्न आयोजित यज्ञमा सहभागी हुन सार्वजनिक आह्वान गरेका थिए । २८ वर्षीय खतिवडाले फेसबुकमा ‘भीआईपीहरूको मृत्युको काम गरेर यमराजको पूजा गर्ने निर्णय गरेको छु’ भन्ने पोष्ट गरेका थिए ।


खतिवडाले सामाजिक सञ्जालमा ‘आवेगमा लेखेको’ बयान दिएका छन् । आफूलाई धर्मगुरु दाबी गर्ने खतिवडाले बयानमा भनेका छन्, ‘फेसबुक स्ट्याटस आवेशमा लेखेको हुँ, साथीहरूले त्यस्तो गर्नु हुँदैन भनेपछि मलाई गलत रहेछ भन्ने अनुभूति भएको थियो ।’

साथीहरूको आग्रह अनुसार होम नहालेको उनले जिकिर गरेका छन् । उनीविरुद्ध विद्युतीय अपराध सम्बन्धी कसुरमा मुद्दा चलाएको प्रहरी वृत्त महाराजगञ्जका डीएसपी रवीन्द्रनाथ पौडेलले बताए । उनले भने, ‘उहाँ १६ दिनमा अदालतको आदेश अनुसार रिहा हुनुभएको छ ।’ अदालतले मागेको २५ हजार धरौटी उनले बुझाएका छन् । उनी झापाको बुद्धशान्तिका स्थानीय हुन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !