४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

थामेको बाढीमा बेपत्ता भएको भनिएका व्यक्ति घरमै सकुशल भेटिए

३ भाद्र २०८१, सोमबार ०८:३७

भदौ ३,  काठमाडौँ । सोलुखुम्बुको थामेमा बाढी आउँदा बेपत्ता भएका भनिएका व्यक्ति आफ्नै घरमा सकुशल फेला परेको जानकारी स्थानीयले प्रहरीलाई गराएका छन् ।

गत शुक्रबार हिमपोखरी फुटेर बाढी आउँदा थामे गाउँका ५५ वर्षीय निमानुरु शेर्पा सम्पर्कविहीन भएका थिए । तर उनी थामे भन्दा माथिल्लो क्षेत्रमा रहेको उनको आफ्नै घरमा रहेको जानकारी स्थानीयले प्रहरीलाई दिएका छन् ।


जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डिएसपी द्वारिका घिमिरेले भने, ‘हराएको भनिएको व्यक्ति भेटिनु भएको छ भनेर गाउँलेले हाम्रो स्थानीय प्रहरीलाई जानकारी दिएका छन् ।’

‘थामेभन्दा माथि पनि उहाँको आफ्नो घर रहेछ, उहाँ त्यही घरमा सकुशल हुनुहुन्छ रे,’ डिएसपी घिमिरेले भने, ‘उहाँको घर रहेको स्थानमा प्रहरी भने पुग्न सकेको छैन, टेलिफोन सम्पर्क पनि कहिलेकाहिँमात्र हुन्छ ।’

स्थानीयका अनुसार ती व्यक्ति राम्रोसँग सुन्न र बोल्न सक्दैनन् । बाढी आउनुअघिसम्म थामेमा देखिएका उनी पछि नदेखेपछि स्थानीयले बेपत्ता भएको जानकारी प्रहरीलाई गराएका थिए ।

पर्यटकीय वस्ती थामेमा बाढी र पहिरोका होटेलसमेत गरी १७ घर, एउटा विद्यालयको छात्राबास र एउटा क्लिनिकमा क्षति पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता