४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पोखरा महानगरको स्पष्टीकरण : बालेनको गीत गाउँदा कर्मचारी सरुवा गरिएको होइन

३ भाद्र २०८१, सोमबार ०९:३३

भदौ ३,  कास्की । काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहको प्रशंसा गर्दै गीत गाउँदा सरुवा गरेको आरोप लागेपछि पोखरा महानगरपालिकाले स्पष्टीकरण दिएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै महानगरको नियमित सरुवा प्रक्रियालाई अतिरञ्जित गरिएको जनाएको हो ।

बालेनको प्रशंसा गर्दै गीत गाउँदा पोखरा महानगरले दुर्गम क्षेत्रमा सरुवा गरेको एक महिला कर्मचारीले आरोप लगाएकी थिइन् । एक टेलिभिजन कार्यक्रममा महानगरको सामाजिक विकास महाशाखामा कार्यरत सातौं तहकी अधिकृत चन्द्रावती वाग्लेले आफूलाई बालेनको प्रशंसामा गीत गाएका कारण सरूवा गरिएको दाबी गरेकी थिइन् ।


महानगरले हालैमात्र उनलाई सामाजिक महाशाखाबाट वडा नं. २३ मा सरुवा गरेको छ । वाग्लेले सामाजिक विकास महाशाखामा आएको ३ महिनामै आफूलाई महानगरले बद्‌नियतपूर्वक सरुवा गरेको दाबी गरेकी हुन् । उनले राजश्व धेरै उठ्ने सहरी वडामा छैठौं तहकै कर्मचारी भए पनि आफूलाई दुर्गम ठाउँमा सरुवा गरेको बताएकी छन् ।

‘तीजको समयमा सधैं गीत निकाल्छु । अहिले बालेनको गीत निकालेपछि सरुवा भयो भन्ने हल्ला छ । तर हाकिम साबले मलाई केही भन्नु भएको छैन’, उनले भनेकी छन्, ‘अरु जिम्मेवार साथीहरुले चाहिँ भन्नुभएको छ । मैले पनि त्यही बुझेको छु, नत्र मेरो अपराध के छ ?’

वाग्लेले बालेनको प्रशंसा गरेर गीत गाउँदा सरुवा गरेको आरोप लगाएपछि महानगरले आफ्नो ध्यानाकर्षण भएको जनाएको हो । महानगरले वाग्लेमात्र नभई नियमानुसार ४२ जना कर्मचारीलाई सरुवा गरिएको जनाएको छ ।

महानगरका प्रवक्ता मोति तिमिल्सिना हस्ताक्षरित उक्त विज्ञप्तिमा कार्यालयले नियमानुसार गरेको कर्मचारी सरुवाको विषयलाई विषयान्तर गरी भइरहेको भ्रामक प्रचार भएको दाबी गरिएको छ ।

‘यस कार्यालयले गरेको कर्मचारी सरुवा कुनै व्यक्ति वा गीतसङ्गीत प्रति लक्षित नभएको स्पष्ट पार्दै यस प्रकारका मनोगत एवं भ्रमपूर्ण टिप्पणीहरूको पोखरा महानगरपालिका खण्डन गर्दछ’, विज्ञप्तिमा भनिएको छ, आफ्नो जिम्मेवारी र कर्तव्यलाई मनन गरी कार्यक्षेत्रमा खट्नुहुने राष्ट्रसेवक कर्मचारीहरू माथि कुनै पनि प्रकारको भेदभाव र दुराग्रह नराखिएको तथा नराखिने समेत स्पष्ट पार्दछ ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता