२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गरिब दलितलाई आवासको व्यवस्था गर्नुपर्ने सरकारसँग आम दलित मोर्चाको माग

२०८१, ३ भाद्र सोमबार ११:५७

भदौ ३, सर्लाही । आम जनता पार्टी (आजपा) निकटको आम दलित मोर्चाले दलित समुदायको आवास निर्माणको रकम फ्रिज गराउँनेलाई कारवाही गर्नुपर्ने माग सरकारसंग गरेको छ ।

आम दलित मोर्चाका केन्द्रीय अध्यक्ष ठगा दासको नेतृत्वमा बिभिन्न माग गर्दै मोर्चाले जिल्ला प्रशासन कार्यालय सर्लाहीलाई ध्यानाकर्षण पत्र बुझाउदै यस्तो माग गरेको हो । मोर्चाले प्रधानमन्त्री केपी शर्मा ओली र मधेस प्रदेशका मुख्यमन्त्री सतीस सिंहलाई समेत सो ध्यानाकर्षण पत्र बोधार्थ गर्दै सम्पूर्ण गरिब दलितलाई आवासको व्यवस्था गर्न माग गरेको छ । 


‘मधेस सरकारले जनता आवास कार्यक्रम, सुरक्षित आवास निर्माण कार्यक्रम, महेन्द्रनारायण निधि आवास निर्माण कार्यक्रम ल्यायो तर पनि हामी दलित समुदायको घर निर्माण हुन सकेन् । अहिले फेरी मधेस सरकारले मदन भण्डारी आवास निर्माण कार्यक्रम ल्याएको छ । आयोजनाको नाम परिवर्तन हुन्छ तर हाम्रो घर निर्माण हुदैछ । हाम्रो नाममा लुटने काम सरकारले गरिरहेको छ । भ्रष्टाचारीलाई कारवाही गर्नुपर्ने र हाम्रो घर निर्माण हुनुपर्ने हाम्रो माग हो । नाम जे राखे पनि हाम्रो घर निर्माण हुनुपर्ने हाम्रो माग हो । हाम्रो घर पनि निर्माण नहुने र हाम्रै नाममा लुटने काम भईरहेकाले सरकारले हाम्रो माग सम्बोधन नगरे बाध्य भएर हामी आन्दोलनमा उत्रिन्छौं’ दलित मोर्चाका अध्यक्ष ठगा दासले भने । 

गरिब दलित परिवारको सरकारले पटक पटक गरी बिभिन्न नामको आयोजना ल्याए पनि गरिब दलितहरुको घर निर्माण नभएकोमा उनले आक्रोश व्यक्त गरे । मधेस प्रदेशमा हजारौं दलित परिवार घरबार बिहिन छन् । उनीहरुको जिवन कष्टकर रहेको छ । चर्को गर्मी होस्, चिसो तथा बरसातको समयमा उनीहरु कष्टकर जिवन बाच्नुपर्ने अवस्था रहेको दासले जनाएका छन् । 

दलित मोर्चाका अनुसार सम्पूर्ण गरिब दलितलाई आवासको व्यवस्था गर्नुपर्ने, आवास निर्माणको रकम फ्रिज गराउनेलाई करवाही गर्नुपर्ने, दलितहरुलाई सिप विकास तालिम र रोजगारको व्यास्था÷सुनिश्चितता गर्नुपर्ने, जातीय छुवाछुत र विभेद गर्नेहरुलाई दण्डित गर्नुपर्ने, निर्माणाधिन घर निर्माणको कार्य छिटो पुरा गर्नुपर्ने, कमिशनको लागि भुक्तानी रोक्नेलाई कारवाही गर्नुपर्ने, आवास निर्माणमा भैरहेको अनियमिता एवं भष्टचारको छानबिन गर्नुपर्ने, आवास निर्माणको खर्च पारदर्शी एवं सार्वाजनिक गर्नुपर्ने लगायतका माग मोर्चाले गरेको छ ।  

‘संविधानमै मौलिक हकको रुपमा सुनिश्चित आवासको हकमा राज्यले विनियोजन गरेको अरबौं रकम जनता आवास र सुरक्षित आवास निर्माण कार्यलाई मुख्यतः प्रदेश सरकार सहितको सरोकारवाला निकायले प्रभावकारी रूपमा अगाडी बढाउनुकोसट्टा यसमा चरम दुरुपयोग एवं भ्रस्टाचार गरीरहेको छ’ मोर्चाका अध्यक्ष दासले भने, ‘आम दलित जनसमुदायको हकअधिकारका लागी यस्ता भ्रष्टाचारीलाई कारवाही गर्नुपर्छ । हामीले प्रदेश सरकार र केन्द्रीय सरकार दुवैलाई अनुरोध गरेका छौं । दलित गरिब परिवारको आवास निर्माणमा भएको भ्रष्टाचारको छानबिन गरी दोषीलाई यथासिघ्र कारावही गर्नुपर्छ । हाम्रो माग सम्बोधन नभए बाध्यभएर हामी कडा आन्दोलनमा जान बाध्य हुन्छौं ।’

आम दलित मोर्चा स्थापना कालदेखि नै दलित समुदायको हक अधिकार प्राप्ति, रक्षा एवं विकासका लागी अनवरत रुपमा क्रियाशील रहेकोे बताउँदै दासले संविधानको धारा – २४ मा छुवाछूत तथा भेदभाव विरुद्धको हक, धारा – ३७ (१) मा प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक र धारा – ४० मा दलितको हकसंग सम्बन्धित स्पष्ट कानूनी प्रावधानलाई मौलिक हकको रुपमा सुनिश्चित गरिएको भए पनि धेरै वर्ष बितिसक्दा पनि अहिलेसम्म आम दलित जनसमुदायमाथी हुने विभिन्न खालको हेपहा प्रवृति, अपमान, शोषण, दमन, उत्पीड़न र सबैखाले भेदभाव, छुवाछुत र अमानवीय क्रियाकलापहरु बन्द गरिनुपर्ने बताए । 

सरकारले प्रदेशमा मदन भण्डारी आवास योजना, महेन्द्रनारायण निधि आवास आयोजना, दलित आवास योजना लगायतका बिभिन्न आयोजना सञ्चालन गर्दै अधुरो र अपुरो रुपमा छोड्दै आएको छ । मधेस प्रदेशमै हजारौं दलित गरिब परिवारको घर निर्माण कतै अधुरो छ भने कतै निर्माण भए पनि गुणस्तरीय नभएको पीडित परिवारले गुनासो गर्दै आएका छन् । यस्तै कतै निर्माण भए पनि सरकारले भुक्तानी नगरेको र बीचमै घर निर्माण अधुरो छोडेर दुख दिने नियतले सरकार लागेको पीडित परिवारहरुले आन्दोलन गर्दै आएका छन् ।

दलित गरिब परिवारका व्यक्तिको घर निर्माण, त्यसको भुक्तानी तथा घर निर्माणलाई पूर्णता दिनुपर्ने माग गर्दै आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले संसदमा समेत यसबारेमा कडा रुपमा आवाज उठाउँदै आएका छन् । साथै उनले दलित आवास आयोजना निर्माणमा भईरहेको भ्रष्टाचारको छानबिन गरी दोषीलाई कारवाही गर्नुपर्ने माग समेत गर्दै आएका छन् । 

आम दलित मोर्चाका केन्द्रीय अध्यक्ष ठगा दासको नेतृत्वमा सर्लाहीको मलंगवामा पुगेर जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई ध्यानाकर्षण पत्र बुझाइएको हो । ज्ञापन पत्र बुझाउने टोलीमा आम जनता पार्टीका प्रवक्ता चन्द्रभुषण साह, मधेस प्रदेशका अध्यक्ष उमेश कुशवाहा, स्थायी कमिटीका सदस्यहरु रबिन्द्र सिंह, सुनिता साह आजपा सर्लाहीका नेता डा. नवलकिशोर साह, सुनिल गुप्ता, आम दलित मोर्चा सर्लाहीका नेता रामलोचन दास लगायतको विशेष सहभागिता समेत रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला