२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

३० वर्षपछि फिल्ममा जुर्‍यो राजेश हमाल र सरोज खनालको सहकार्य

२०८१, ३ भाद्र सोमबार १२:२९

भदौ ३,  काठमाडौँ । ५०/६० को दशकका सफल अभिनेताहरु हुन्, राजेश हमाल र सरोज खनाल । करिब एकै समयमा उनीहरुको उदय भएको थियो । तर, दुवैको धार अलग देखिन्थ्यो । हमाल एक्सन र पारिवारिक फिल्ममा जमे भने सरोजले ‘रोमान्टिक हिरो’को छवि बनाए । तर, करिअरको उचाइँमा रहँदा दुवैले ‘ज्वाला’, ‘परिभाषा’, ‘सडक’, ‘चाहना’ जस्ता आधा दर्जन फिल्ममा एकसाथ सहकार्य गरेका थिए ।


हमाल र खनालले पछिल्लोपटक सहकार्य गरेको फिल्म ‘चाहना’ (२०५१) थियो । यसपछि उनीहरुको सहकार्य नै जुर्न सकेन । अब ३० वर्षपछि फिल्म ‘नरसिंहा अवतार’मा उनीहरुले एकसाथ काम गर्ने भएका छन् । उनीहरु दुवै फिल्ममा अनुबन्ध भइसकेका छन् । दुवैको भूमिकाको बारेमा भने जानकारी गराइएको छैन । उनीहरुको वर्षौंपछिको सहकार्यले दर्शकमा पनि उत्साह बढाएको छ ।

यो फिल्मबाट हमालले ८ वर्षपछि पुनरागमन गर्न लागेका हुन् । पछिल्लोपटक ‘सकुन्तला’मा देखिएका उनले यसपछि दुईटा फिल्म सम्झौता गरेको भए पनि पछि निर्माण भएनन् । ‘नरसिंहा अवतार’मा उनी एक्सन अवतारमा प्रस्तुत हुनेछन् । दुई चरणमा छायांकन हुन लागेको फिल्ममा हमाल फरक-फरक लुक्समा देखिनेछन् । यसलाई उनको करिअरको दोस्रो इनिङ्सको रुपमा हेरिएको छ ।

दीवाकर भट्टराईको निर्देशन रहने फिल्ममा नीति शाह र सनिशा भट्टराई पनि शीर्ष भूमिकामा रहनेछन् । र, यही फिल्मबाट मोडल दीपा शाहीले डेब्यु गर्ने निश्चित भएको छ । क्रिएटिभ सिने आर्टको प्रस्तुतिमा बन्न लागेको यो फिल्मको बजेट अनुमानित तीन करोड हुने बताइएको छ । यही भदौ अन्तिम साताबाट फिल्मको पहिलो चरण अन्तर्गत २५ दिनको सेड्युलमा छायांकन गरिने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की