४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

३० वर्षपछि फिल्ममा जुर्‍यो राजेश हमाल र सरोज खनालको सहकार्य

३ भाद्र २०८१, सोमबार १२:२९

भदौ ३,  काठमाडौँ । ५०/६० को दशकका सफल अभिनेताहरु हुन्, राजेश हमाल र सरोज खनाल । करिब एकै समयमा उनीहरुको उदय भएको थियो । तर, दुवैको धार अलग देखिन्थ्यो । हमाल एक्सन र पारिवारिक फिल्ममा जमे भने सरोजले ‘रोमान्टिक हिरो’को छवि बनाए । तर, करिअरको उचाइँमा रहँदा दुवैले ‘ज्वाला’, ‘परिभाषा’, ‘सडक’, ‘चाहना’ जस्ता आधा दर्जन फिल्ममा एकसाथ सहकार्य गरेका थिए ।


हमाल र खनालले पछिल्लोपटक सहकार्य गरेको फिल्म ‘चाहना’ (२०५१) थियो । यसपछि उनीहरुको सहकार्य नै जुर्न सकेन । अब ३० वर्षपछि फिल्म ‘नरसिंहा अवतार’मा उनीहरुले एकसाथ काम गर्ने भएका छन् । उनीहरु दुवै फिल्ममा अनुबन्ध भइसकेका छन् । दुवैको भूमिकाको बारेमा भने जानकारी गराइएको छैन । उनीहरुको वर्षौंपछिको सहकार्यले दर्शकमा पनि उत्साह बढाएको छ ।

यो फिल्मबाट हमालले ८ वर्षपछि पुनरागमन गर्न लागेका हुन् । पछिल्लोपटक ‘सकुन्तला’मा देखिएका उनले यसपछि दुईटा फिल्म सम्झौता गरेको भए पनि पछि निर्माण भएनन् । ‘नरसिंहा अवतार’मा उनी एक्सन अवतारमा प्रस्तुत हुनेछन् । दुई चरणमा छायांकन हुन लागेको फिल्ममा हमाल फरक-फरक लुक्समा देखिनेछन् । यसलाई उनको करिअरको दोस्रो इनिङ्सको रुपमा हेरिएको छ ।

दीवाकर भट्टराईको निर्देशन रहने फिल्ममा नीति शाह र सनिशा भट्टराई पनि शीर्ष भूमिकामा रहनेछन् । र, यही फिल्मबाट मोडल दीपा शाहीले डेब्यु गर्ने निश्चित भएको छ । क्रिएटिभ सिने आर्टको प्रस्तुतिमा बन्न लागेको यो फिल्मको बजेट अनुमानित तीन करोड हुने बताइएको छ । यही भदौ अन्तिम साताबाट फिल्मको पहिलो चरण अन्तर्गत २५ दिनको सेड्युलमा छायांकन गरिने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता