४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

किशोरीले ईसेवामा पैसा सापटी माग्दा भेटेर नगदै दिने भन्दै भेट्न आएर सामूहिक बलात्कार

५ भाद्र २०८१, बुधबार ०६:४४

भदौ ५, काठमाडौँ ।  झन्डै सात महिनाअघि फेसबुकबाट १७ वर्षीया रेश्मा राउत (नाम परिवर्तन) सँग कैलालीका २० वर्षीय पदम थापाको चिनजान भयो । चिनजानपछि उनीहरूबीच फोनमा नियमित कुरा भइरहन्थ्यो ।

गत ९ साउनमा किशोरीले पदमलाई फोनमा मेसेज पठाएर ईसेवामा एक हजार रुपैयाँ सापटी पठाइदिन अनुरोध गरिन् । पदम ‘म त्यहीँ आएर नगदै दिन्छु’ भन्दै किशोरीलाई उनी बस्ने ठाउँ बताउन लगाए ।

त्यतिबेला रातको १० बजेको थियो । पदमले नगदै दिने भनेपछि किशोरीले आफ्नो ठेगाना दिइन् । यता पदमले आफ्ना २३ वर्षीय दाइ हरि थापा र २२ वर्षीय सोम बिकलाई किशोरीले भेट्न बोलाएको कुरा सुनाए । उनले आफूसँग कुनै सवारी नभएकाले सोम बिकका साथी २३ वर्षीय केशव भण्डारीलाई बाइक मागिदिन अनुरोध गरे । त्यसपछि पदम थापा, सोम बिक, केशव भण्डारी र हरि थापा एउटा चोकमा जम्मा भए ।

चोकमा भेटिएपछि हरि थापाले अर्का साथी २४ वर्षीय बालकृष्ण जोशीलाई पनि बोलाए । उनीहरू पाँच जना भएर किशोरीले भनेको ठाउँतिर गए ।किशोरीले भनेको ठाउँ आउन थालेपछि पदम थापाले बाटो सोध्न किशोरीलाई कल गर्न खोजे, तर उनको मोबाइलमा ब्यालेन्स नभएपछि दाइ हरि थापाको नम्बरबाट किशोरीलाई फोन गरे ।


यता पदम थापाका दाइ हरि थापा, केशव भण्डारी र बालकृष्ण जोशी धनगढी विमानस्थल जाने सडकमा पर्ने झलारी चोकमा रोकिए । पदम थापा र सोम बिक बाइकमा राति साढे ११ बजेतिर किशोरीले भनेको ठाउँमा पुगे । 

पदमले किशोरीलाई भेट्नुअघि नै सोम बिकले आफू त्यता नजाने भने । त्यसपछि पदम एक्लै किशोरी कुरिरहेको ठाउँमा गए । उनीहरू कुरा गर्दा रातको साढे १ बजिसकेको थियो । त्यही बेला पदमले किशोरीलाई शारीरिक सम्बन्धको प्रस्ताव राखे । किशोरीले उनको प्रस्ताव ठाडै अस्वीकार गरिन् । तर, पदमले किशोरीको अनुमतिबिनै जबरजस्ती करणी गरे । 

त्यसको केही समयपछि उनीहरू फर्किन लागेका थिए । त्यही बेला पदमका अन्य साथीहरू हरि थापा, केशव भण्डारी र बालकृष्ण जोशी उनीहरूको बाटो ढुकेर बसिरहेका थिए । तीन जनामध्ये बालकृष्ण जोशीले किशोरीको हात समातेर आफूतिर ताने । र, जबरजस्ती करणी गरे ।

त्यसपछि उनका अन्य साथी हरि थापा र केशव भण्डारीले करणी गर्न खोज्दा किशोरी चर्को स्वरमा कराइन् । यसपछि पदम र सोम बिकले किशोरीलाई उनको कोठासम्म पुर्‍याइदिए । र, उनीहरू पाँचै युवक ओलानी चोकमा भेटी आ-आफ्नो घरतिर लागे । 

पीडित किशोरीका अनुसार उनीहरूले जबरजस्ती करणी गरेपछि धम्की दिएर मोबाइल पनि खोसेर लगेका थिए । पछि किशोरीले आफ्ना अभिभावकलाई सबै घटना सुनाएपछि उनका अभिभावकले जिल्ला प्रहरी कार्यालय कैलालीमा निवेदन दिए । 

प्रहरीका अनुसार ती किशोरीको उमेर १७ वर्ष आठ महिना २५ दिन रहेको छ । हिजाे ४ भदौमा पाँच जना युवकविरुद्ध कैलाली जिल्ला अदालतमा सामूहिक जबरजस्ती करणीसम्बन्धी अभियोगपत्र दर्ता भएको छ । हाल २० वर्षीय पदम थापा पक्राउ परिसकेका छन् भने बाँकी चार जना फरार छन् । 

अभियोगपत्रमा प्रतिवादी पदम थापा र केशव भण्डारीले मुलुकी अपराध संहीता, २०७४ को दफा २१९ को उपदफा (१), (२) र (७) बमोजिमको कसुर गरेको तथ्य पुष्टि भएको उल्लेख छ । उनीहरूलाई उक्त कसुरमा सोही संहिताको दफा २१९(३) (घ) बमोजिम सजाय हुनका साथै सोही संहिताको दफा २१९ (७) बमोजिम सामूहिक जबरजस्ती करणीतर्फ थप सजाय हुन माग गरिएको छ ।

त्यस्तै  प्रतिवादी बालकृष्ण जोशी र हरि थापाले सोही संहिताको दफा २१९ को उपदफा (१) र (२) बमोजिम सजाय हुने कसुरको दफा ३४ (१) र (२) बमोजिम जबरजस्ती करणी उद्योगको कसुर गरेको अभियोगपत्रमा उल्लेख छ । उनीहरूलाई उक्त कसुरमा सोही संहिताको दफा ३४(३) बमोजिम सजाय हुन माग गरिएको छ ।

त्यस्तै प्रतिवादी सोम बिकले अन्य प्रतिवादीहरुलाई जबरजस्ती करणीको कसुर गर्न सहयोग गरी सोही संहिताको दफा २१९ को उपदफा (१) र (२) बमोजिम सजाय हुने कसुरको मतियार भई सोही संहिताको दफा ३६ (१) र (२) बमोजिम कसुर गरेको तथ्य पुष्टि भएको अभियोगपत्रमा बताइएको छ । बिकलाई सोही संहिताको दफा ३६(३) (ख) बमोजिम सजाय गर्न माग गरिएको छ ।

त्यस्तै प्रतिवादी पदम थापा, केशव भण्डारी, हरी थापा, बालकृष्ण जोशी र सोम बिकबाट सोही संहिताको दफा २१९ (३क) (ख) बमोजिम जरिवाना गरी उक्त जरिवाना वापतको रकम पीडितलाई क्षतिपुर्ति वापत दिलाई भराई पाउन माग दाबी प्रस्तुत गरिएको छ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’