४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सामान्य शल्यक्रिया गर्न भरतपुर अस्पताल पुगेकी सम्झनाको गयो ज्यान

५ भाद्र २०८१, बुधबार ०७:५१

भदौ ५, काठमाडौँ । भरतपुर अस्पतालमा उपचारको लागि आएकी एक महिलाको ज्यान गएको छ । पाठेघरमा पलाएको मासुको डल्लो निकाल्नको लागि भरतपुर अस्पताल पुगेकी गैँडाकोट ५ घर भएकी सम्झना काफ्लेको ज्यान गएको हो ।

भदौ ३ गते अस्पताल भर्ना भएकी ३९ वर्षकी काफ्लेको पाठेघरमा सानो मासु पलाएको र सामान्य शल्यक्रिया गरेर मासुको डल्लो निकाल्नुपर्ने उपचारमा संलग्न डाक्टरले बताएका थिए ।

उनका आफन्तका अनुसार सम्झना सामान्य अवस्थामा अस्पताल पुगेकी थिइन् । उनको सामान्य शल्यक्रियाबाट मासु निकाल्न उपचारमा संलग्न डाक्टरले सुझाएका थिए ।


डाक्टरको सुझाव अनुसार हिजो मंगलबार अस्पताल भर्ना भएकी काफ्लेको उपचार भएको थियो । भरतपुर अस्पतालका स्त्री तथा प्रसूती चिकित्सा विभागका प्रमुख वरिष्ठ स्त्री तथा प्रसूती रोग विशेषज्ञ डाक्टर सुनिलमणी पोखरेलका अनुसार सामान्य शल्यक्रिया गर्नुपर्ने भएपनि शल्यक्रिया थाल्नुअघि नै काफ्लेलाई समस्या आएको थियो ।

उपचारमा संलग्न डाक्टरहरुलाई उद्धृत गर्दै विभागीय प्रमुख डाक्टर पोखरेलले ढाड भन्दा तल लठ्याउने औषधि (एनेस्थेसिया) लगाएलगत्तै काफ्लेको मुटुमा समस्या आएको बताए ।

डाक्टर पोखरेलले भने, – उपचार थाल्नुअघि नर्मल अवस्थामा बिरामी रहिछन् । तर, एनेस्थेसिया दिएलगत्तै एक्कासी बिरामीलाई हर्टअट्याक्ट जस्तो आएछ । अप्रेशन सुरु गर्नै पाएका थिएनौँ । तत्कालै बिरामीलाई आइसियूमा सारियो । सुरुमा केही राम्रो जस्तो पनि भएको थियो । तर, राती मुटुले कामै गर्न सकेन ।’

डाक्टर पोखरेलका अनुसार यस्तो खालको एनेस्थेसिया रियाक्सन मुटु सामान्य रहेका व्यक्तिलाई हुनु दुर्लभ घटना हो । दैनिक ५/७ जनालाई एनेस्थेसिया लगाएर शल्यक्रिया गर्दा पनि मुटुमा एक्कासी समस्या हुने अवस्था आफूलाई थाहा नभएको उनले बताए । यस्तो घटना हजारमा एक जनालाई हुन्छ भनिन्छ, उनले भने, – यो पनि त्यस्तै भयो ।

उनका अनुसार पाठेघरमा नचिरीकन दुरबीनको सहायताले पलाएको मासुको डल्लो निकाल्ने तयारी गरिएको थियो । अहिले सामान्य खालको पाठेघरबाट मासु निकाल्ने शल्यक्रिया यसैगरि गरिन्छ । तर, एनेस्थेसियाले रियाक्सन गरेर मुटुमा समस्या भएपछि उपचार प्रकृया सुरु गर्नै नपाएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

तर, परिवारका सदस्यले भने नर्मल अवस्थामा उपचारको लागि आएको बिरामीलाई चिकित्सकको लापरबाहीले गर्दा ज्यान गएको आरोप लगाएका छन् ।

आफन्तले चिकित्सको लापरबाहीको आरोप लगाएपछि चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको समन्वयमा अस्पतालका पदाधिकारी, आफन्त, चिकित्सक लगायतको टोलीको बैठक बसिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’