2026-09-19 01:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

मोरङमा कारको ठक्करबाट एक महिलाको मृत्यु

कात्तिक १७, मोरङ । नम्बर नखुलेको कारको ठक्करबाट मोरङको विराटनगरमा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । 

कोसी राजमार्गअन्तर्गत विराटनगर–४ मा गएराति नम्बर नखुलेको कारको ठक्करबाट मोरङ गोविन्दपुर–३ बस्ने अन्दाजी ३० वर्षीया सुशीला पोख्रेलको घटनास्थलमै मृत्यु भएको हो । 

ठक्कर दिने कारसहित चालक फरार भएकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

खुकुरी प्रहारबाट एक युवक गम्भीर 

मोरङको मधुमल्लाका एक युवा खुकुरी प्रहारका कारण गम्भीर घाइते भएका छन् । 

मधुमल्ला–८ पिपलडाँगीका अन्दाजी २७ वर्षीय उमेश अधिकारीलाई सोही ठाउँका रविन अधिकारी लगायतका युवाले आज बिहान २ः३० बजे खुकुरी प्रहार गरेको उर्लाबारीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार राईले जानकारी दिनुभयो । 

खुकुरी प्रहारबाट दाहिने खुट्टामा गहिरो चोट लागेर घाइते भएका अधिकारीको झापाको विर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचार भइरहेको छ । खुकुरी प्रहार गर्ने समूह फरार भएकाले खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । पुरानो रिसइबीका कारण खुकुरी प्रहार भएको प्रहरीको अनुमान छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई