2026-07-07 05:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

प्रवासी नेपालीद्वारा ३ लाख ३३ हजार राहत रकम प्रदान

कृष्ण कँडेल, कार्तिक १७, बागलुङ । कतारमा रहेका प्रवासी नेपालीले जिल्लाको विभिन्न ठाउँका बाढी पहिरो प्रभावित, अग्नी र मृगौला पिडित तथा विदेशमा ज्यान गुमाउनेका परिवारलाई राहात रकम प्रदान गरेका छन् । 

बागलुङ सेवा समाज दोहा कतारको पलहमा संकलन गरिएको ३ लाख ३३ हजार रुपैयाँ राहात प्रदान गरिएको हो । 

१ लाख ४१ हजार रुपैयाँ गत साउनमा आएको बाढीबाट घरबार विहिन बनेका दुर्गम बुर्तिबाङ क्षेत्रका बाढि पहिरो प्रभावित ८१ घर परिवारलाई प्रदान गरिएको छ ।

समाजका अध्यक्ष चन्द्रकान्त शर्मा र सल्लाहकार संयोजक बालसिंह परियारले घरवार विहिन बनेका ग्वालीचौर–८ खालका ५ परिवारलाई जनहि ४ हजार र अधिकारीचौरको विभिन्न बडाका ७६ परिवारलाई जनहि १ हजार ६ सय रुपैयाँ राहात रकम प्रभावित क्षेत्रमै पुगेर वितरण गर्नुभएको हो । 

समाजका अध्यक्ष चन्द्रकान्त शर्माले दुर्गम गाउँका नागरिकलाई परेको समस्यामा सानो सहयोगले पनि केहि राहत हुने भएकोले जीवन धान्न विदेशिएका साथीहरुबाट एक एक रुपैयाँ गरेर जुटाएको रकम पिडितको घरदैलोमै पुगेर उनिहरुकै हात दिन पाउँदा खुसि लागेको बताउनुभयो । 

त्यस्तै दुवै मृगौला गुमाएका खुङगाका मनबहादुर विकलाई ३० हजार र  मजदुरी गर्दा ढुङ्गाले लागेर दुवै आँखाको ज्योति गुमाएका ताराखोलाका चन्द्रबहादुर दर्जीलाई २० हजार उपचार खर्च सहयोग गरिएको छ । 

धुल्लुबाँस्कोटका १२ घर अग्नीपिडितलाई राहात रकम १ लाख २ हजार र मलेसियामा काम गर्ने क्रममा ज्यान गुमाएका ताराखोलाकै जीतबहादुर घर्तीकी ३ बर्षिया छोरीलाई ४० हजार पढाई खर्च सहयोग गरेको बागलुङ सेवा समाज कतारका सल्लाहकार संयोजक बालसिंह परियारले जानकारी दिनुभएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने