२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

एमबीबीएस प्रवेश परीक्षाको नतिजामा त्रुटि भेटिएपछि विद्यार्थी आन्दोलित

२०८१, १७ भाद्र सोमबार ११:२६

भदौ १७, काठमाडौँ । चिकित्सा शिक्षा आयोगले प्रकाशन गरेको स्नातक तह चिकित्सा शिक्षा एकीकृत प्रवेश परीक्षाको नतिजामा त्रुटि भेटिएको छ । एमबीबीएसलगायतका केही विषयको प्रवेश परीक्षाको नतिजामा त्रुटि भेटिएको हो । आयोगले विद्यार्थीले परीक्षा फाराम भरेर प्राप्त गरेको रोल नम्बरका आधारमा नतिजा निकाल्दा समस्या देखिएको हो ।

नतिजामा कैफियत देखिएको भन्दै विद्यार्थीहरूले सच्याउन मागसहित आन्दोलन नै थालेका छन् । विद्यार्थीहरूले आयोग परिसर तथा माइतीघर मण्डलामा पुगेर प्रदर्शन गरेका हुन् । रोल नम्बरका आधारमा नतिजा प्रकाशन गर्दा त्रुटि भेटिएपछि आयोगले सुधार गरेर अर्को नतिजा प्रकाशन गरेपनि विद्यार्थीहरूले चित्त नबुझाएका हुन् । 


आयोगले भदौ १ गते लिएको एमबीबीएसको परीक्षाको नतिजा भदौ १४ गते प्रकाशन गरेको थियो । जसमा उम्मेदवारहरूको योग्यताक्रम टाईब्रेटको आधारमा गर्नुपर्नेमा रोल्न नम्बरका आधारमा प्रकाशित गरेको हो ।

उम्मेदवारको योग्यताक्रम टाईब्रेट–१ जुलोजी एण्ड बोट्नी, टाईब्रेक–२ क्यामेस्ट्री, टाइब्रेक–३ फिजिक्स, टाइब्रेक–४ मेन्टल एजिलिटी टेस्ट (एमटी) को आधारमा हुनुपर्नेमा प्राविधिक त्रुटिका कारण रोल नम्बरको आधारमा प्रकाशित हुन पुगेको आयोगले जनाएको छ ।

परीक्षार्थीले समान अङ्क प्राप्त गर्दा क्रमशः टाईब्रेटका आधारमा बायोलोजी, केमेस्ट्री, फिजिक्स र म्याटमा प्राप्त अंकका आधारमा हुनुपर्नेमा रोल नम्बरका आधारमा सूची प्रकाशित भएको आयोगको भनाइ छ । 

कुनै धेरै विद्यार्थीले समान अङ्क प्राप्त गरेको खण्डमा टाईब्रेकको आधारमा आएको अंकलाई आधारमा राखेर योग्यताक्रमको मेरिट कायम हुन्छ । उदाहरणका लागि १० जना विद्यार्थीले समान १०० अङ्क प्राप्त गरेमा उनीहरूको योग्यताक्रम टाइब्रेकका आधारमा हुनुपर्छ । तर, रोल नम्बरका आधारमा भएपछि विद्यार्थीहरू आक्रोशित बन्दै आन्दोलन गर्न पुगेका हुन् ।

आयोगका सदस्य सचिव कृष्णप्रसाद काप्रीले रोल नम्बरका आधारमा नतिजा प्रकाशन भएकोमा अब टाइब्रेकको आधारमा सार्वजनिक गरिएको बताए ।

तर विद्यार्थीले उत्तरपुस्तिका र ‘ओएमआर सिट’ सार्वजनिक गर्नुपर्ने माग गरेका छन् । आयोगलाई बुझाएको ज्ञापनपत्रमा रोल नम्बरका आधारमा सार्वजनिक गरिएको नतिजा सच्याएर आएपनि उत्तरपुस्तिका र ओएमआर सिट समेत सार्वजनिक हुनुपर्ने माग पेस गरिएको एक विद्यार्थीले बताए ।

आयोगले गत सार्वजनिक गरेको एमबीबीएस प्रवेश परीक्षाको नतिजा अनुसार सात हजार ८४७ जना भर्ना हुनका लागि योग्य बनेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !