2026-09-19 12:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

चलचित्र छायाङ्कन स्थल बन्दै पाल्पा

कृष्ण दर्नाल, कात्तिक १९, पाल्पा । पछिल्ला वर्षमा पाल्पा चलचित्र छायाङ्कन गर्ने केन्द्र बन्न थालेको छ । ग्रामीण परिवेशसहित रमणीय क्षेत्रका रुपमा रहेको पाल्पालाई चलचित्र छायाङ्कनका लागि रोज्न थालेपछि यहाँका सुन्दर स्थल देश तथा विदेशका मानिसले समेत हेर्ने अवसर पाउने भएका छन् । 

पहाडी जिल्ला पाल्पामा कथावस्तुले मागेजस्तै गरी आवश्यक चलचित्र छायाङ्कन गर्न सहज हुने भएपछि पछिल्ला वर्षमा साना तथा ठूला चलचित्रका लागि धाउन थालेका हुन् । पाल्पा प्राकृतिक रुपले रमणीय र सुन्दर भएकाले छायाङ्कनका लागि उपयुक्त स्थल बन्दै गएको हो । ‘गोरखा पल्टन’को अधिकांश अंश पाल्पाको ग्रामीण बस्तीमा छायाङ्कन भएपछि पाल्पाले चर्चा पाएको थियो । 

चलचित्रले चर्चा पाएपछि नारायण रायमाझीले अर्को चलचित्र ‘परदेशी’ समेत पाल्पाको परिवेशलाई आधार मानेर निर्माण गरेका हुन् । त्यसैले पनि चलचित्रले बजारमा राम्रो स्थान पाउन सफल भएको थियो । 

त्यसपछि पाल्पामा चलचित्र छायाङ्कन गर्नेहरु बर्सेनि बढेका हुन् । रायमाझीका चलचित्रले देशैभरिका हल खचाखच भरिन थालेपछि अन्य चलचित्र निर्माताले पनि पाल्पालाई छायाङ्कनका लागि रोज्न थालेका हुन् । ऐतिहासिक सम्पदा, प्राकृतिक सुन्दरता, लोकसंस्कृति, हिमाल, पहाड, तराईका सुन्दर फाँटहरु लगायतका सुन्दर पक्ष चलचित्रमा समावेश हुँदा दर्शकका लागि चलचित्रको झनै महत्व बढ्नेछ । 

मगर तथा नेवारी संस्कृति, प्रेमको प्रतीक रानीमहल, पाल्पा दरबार सङ्ग्रहालय, शीतलपाटी, काठको मूलढोका, भैरवस्थानको त्रिशूल, पाल्पाली करुवा, ढाकाका कपडा, सेन तथा राणाकालीन दरबार तथा मठमन्दिर, ऋषिकेश मन्दिर, रैनादेवी, रम्भादेवी, रिब्दीकोट दरबार स्थल, सुन्दर श्रीनगरडाँडा, माडीफाँट, अर्गली, कचल, तानसेन र रामपुर क्षेत्रका रमणीय स्थलले पर्यटकलाई आकर्षण गर्दै आएकोले चलचित्रकर्मीको नजर पनि त्यस क्षेत्रमा पर्न थालेको हो । 

प्राकृतिक रुपमा निकै लोभलाग्दा स्थल प्रशस्त रहेकाले चलचित्र निर्देशकको रोजाइमा पछिल्ला समय पाल्पा छायाङ्कन स्थल बन्न थालेको रानीमहल फिल्म प्रालिका अध्यक्ष सन्तोष बस्याल बताउनुहुन्छ । 

प्राध्यापक तथा सङ्गीत सिनेप्रेमी राजेश्वर उदयका अनुसार पहिलोपटक ‘सिन्धु’ चलचित्र छायाङ्कन भएको बताउनुहुन्छ । ‘वनमा फुल्यो फुलैफुल’ गीत तानसेनको श्रीनगरमा छायाङ्कन भएको र ‘सिन्धु’पछि पाल्पामा चित्कार, कान्छी, गोर्खा पल्टन, परदेशी, दोभान, जीवनलीला, राधे लगायतका चलचित्रमा छायाङ्कन भएका छन् । उदयका अनुसार प्रत्येक वर्ष आठ÷दश ओटा चलचित्र छायाङ्कन हँुदै आएका छन् । 

तानसेनका स्थानीय बासिन्दा तथा सिनेकर्मी किरण चित्रकारका अनुसार पाल्पा छायाङ्कनका लागि सबैको मन छुने रमणीयस्थल प्रशस्त मात्रामा रहेकाले पनि छायाङ्कनका लागि चलचित्र निर्माताले पाल्पा नै रोजेका हुन् । 

मगर राजादेखि सेन तथा राणाकालीन समयमा निर्मित ऐतिहासिक सम्पदा, कला संस्कृतिले पाल्पा भरिपूर्ण रहेको छ । चलचित्रकर्मीले यसको महत्व बुझ्न थालेपछि पाल्पा चलचित्र छायाङ्कन गर्ने स्थल बन्न थालेको चलचित्रकर्मी बताउँछन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई