2026-07-07 07:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

शिक्षक राईको परिवारलाई पाँच लाख प्रदान

कात्तिक १९, खोटाङ । शिक्षक दीपक राई स्मृति सहयोग समितिद्वारा उनका दुई छोरीको शिक्षादीक्षाका लागि सङ्कलित पाँच लाख रुपैयाँ रकम प्रदान गरिएको छ । 

राईले अध्यापन गरेको चम्पावती उच्च माविमा बिहीबार एक कार्यक्रमको आयोजना गरेर उनकी श्रीमती सुनिता राईलाई रकम प्रदान गरिएको हो । प्राप्त रकम शिक्षक राईका दुई छोरीको नाममा बैंकमा खाता खोलेर राखिने जनाइएको छ । त्यसबाट आउने ब्याज उनीहरुको शिक्षादीक्षाका लागि खर्च गरिने सहयोग सङ्कलन समितिका सचिव राजेश चाम्लिङले बताउनुभयो । 

सहयोग रकमको चेक हस्तान्तरण गर्दै सचिव चाम्लिङले दीपक एक असल शिक्षक मात्र नभई असल राजनीतिक विचारका संवाहक पनि भएको बताउनुभएको थियो । सङ्कलित रकमबारे उहाँले भन्नुभयो, “कक्षा १२ सम्म उनका नानीले अध्ययन गरिसकेपछि रकम स्वतः उनीहरुलाई हस्तान्तरण गरिनेछ ।” 

सचिव चाम्लिङका अनुसार समितिले उनको परिवारले चाहेमा नानीहरुलाई काठमाडौँको निजी विद्यालयमा अध्ययन गराउने व्यवस्था पनि गरेको छ । परिवारको अभिभावक गुमाएपछि उनीहरुको शिक्षाले निरन्तरता पाउन कठिन भएको भन्दै काठमाडौँमा रहेका उनका सहयोगीले रकम सङ्कलन गरेका थिए । 

कार्यक्रममा अखिल नेपाल शिक्षक सङ्गठन, खोटाङका अध्यक्ष जय आचार्यले दीपकको नाममा कम्तीमा एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरी वार्षिकरुपमा एक मिहेनती शिक्षकलाई पुरस्कृत गर्ने व्यवस्था पनि गरिने बताउनुभयो । 

कार्यक्रममा विद्यालयका प्राचार्य खगेन्द्र राईले दीपक एक असल शिक्षक मात्र नभई सामाजिक कार्यकर्ता तथा राजनीतिक रुपमा पनि पार्टीको असल कार्यकर्ता भएको बताउनुभएको थियो । गत साउन २८ गते सामान्य निमोनियाको उपचार हुन नसक्दा ३३ वर्षको उमेरमा ज्यान गुमाएका दीपकको श्रीमतीसँगै पाँच र सात वर्षका दुई छोरी छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने