2026-07-07 07:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बेल्डाँडीमा भोली देखि रामलिला शुरु

विमल धामी | कार्तिक २०, बेल्डाँडी | कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडीमा रामलिलाको अन्तिम तयारी गरिएको बेल्डाँडी शिद्धनाथ रामलिला समितिले जनाएको छ । आईतवार देखि बेल्डाँडी नपा–१ शिद्धनाथ प्राविको प्राङगणमा रामलिला हुने भएको छ । आईतवार साझ ४ बजे सासंद ब्यवस्थापिका सदस्य दिवान सिह बिष्टले रामलिला समारोह उदघाटन गर्ने कार्यक्रम तय भएको समितिले जनाएको छ ।

बेल्डाँडीमा लगभग १ दशक पछि रामलिला हुनलागेको मुल समितिका अध्यक्ष दिर्घ बहादुर शाहले जानकारी गराउनु भयो । यहाँका समाजसेविहरुको सकृयतामा रामलिला हुनलागेको बताए । समाजलाई आर्दश रामजस्तै बन्न प्रेरित गर्न र हिन्दुत्व जर्गेनाका लागि रामलिलाले योगदान पु¥याउने शाहले बताए ।

‘ आर्दश रामको जिवन चरित्रमा समाजलाई उर्तानका लागि पनि रामलिलाको महत्वपुर्ण योगदान हुन्छ ।’ उनले भने ‘सनातन हिन्दु धर्मको संरक्षण गर्नुका साथै समाजमा दिन प्रतिदिन फैलिन लागेको दानव प्रथाको यसले अन्त्य गर्नुका साथै समाजमा शान्ती सदभावमा समेत टेवा पुग्ने बताए ।’ राती सितलहर हुनेहुनाले सबै दर्शकका लागि टेन्टको ब्यवस्था गरिएको छ । रामलिला हेर्न दर्शकहरुका लागि स–शुल्क कुर्सीको ब्यवस्था समेत गरिएको आयोजकले जनाएको छ । कार्यक्रमलाई सभ्य र भव्य बनाउन कार्य धमाधम चलिरहेको छ  । 

समितिका सदस्य युवा धन सिह बिष्टले भने ‘यस ठाउँमा हुनलागेको राममलिलामा सबैले आफन्त्वो सम्झेर आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नु पर्नेमा जोड दिएका थिए ।’ रामको जस्तो मर्यादित अव यहाँका सबैले हुनपर्नेमा उनको जोड रहेको छ । रामलिला मन्चनका प्रमुख प्रशिक्षक चामु ओडले पात्रहरुलाई पुर्ण तालिम दिई सकेको बताए । 

रामलिला मुल समिति  दिर्घ बहादुर शाहको अध्यक्षतामा ३६ सदसिय समिति गठन गरिएको छ भने लोकराज उपाध्यायको संयोजत्तोमा ५ सदसिय सल्लाहकार समिति रहेको छ । रामलिला सबैको भएकाले यसमा सबैले आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने समेत आयोजकले अनुरोध गरेको छ । बेल्डाँडीमा रामलिला महोत्सव हुने तयारीले सबैमा रौनक छाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने