2026-07-07 08:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

गलकोट फुटाउने षड्यन्त्र भएको भन्दै सामाजिक सञ्जालमा तिव्र आलोचना

कृष्ण कँडेल, कात्तिक २१, बागलुङ । गलकोटको हटियामा भएको सर्वदलिय बैठकले गलकोटका १२ ओटा गाविसलाई समेटेर नगरपालिका बनाउन दवाव दिन कात्तिक २२ गते जिल्लामा डेलिकेशन जाने निर्णय गरेको छ । 

गलकोट स्तरका राजनैतिक दल र सरोकारवासहितको बैठकले गलकोटलाई पहिलेदेखि नै विभाजन गरेर पछाडि पारिएकोमा स्थानिय निकाय गठनमा पनि फेरी फुटाउने षड्यन्त्र भएको निष्कर्ष निकालेको छ । विगतमा निर्वाचन क्षेत्र निर्धारणदेखि नै फुटाएर राजगर्ने क्रम सुरु भएको र पछिल्लो पटक बन्न लागेको पुरै गलकोट समेटिएको बलियो नगरपालिका बने जिल्लामै नमुना बन्ने देखेर आँखा गाडिएको बैठकको निष्कर्ष छ । 

बैठकले रिघा र पाण्डवखानी सहित माथिल्लो गलकोटका तारा, हिल, अर्गल र अमरभुमिलाई गलकोट नगरपालिकामा राख्नुपर्ने उनिहरुको माग छ । पछिल्लो प्रश्तावमा माथिल्लो गलकोटको ताराखोला क्षेत्रका हिल, अर्गल, अमरभुमि र तारा गाविसलाई छुट्टै गाउँपालिकामा प्रश्ताव गरिएको छ । रिघा र पाण्डवखानीलाई खर्बाङ तिरको गाउँपालिकामा राखिएको छ । सल्यान र सुखौरालाई छुट्याएर बाटाकाचौर तिर प्रश्ताव गरिएको छ । गलकोटमा मात्र ६ ओटा गाविस हटिया, हरिचौर, मल्म, काँडेवास, नरेठाँटी र दुदिलाभाटीलाई एउटा गाउँपालिका प्रश्ताव गरिउको छ । 

जिल्ला प्रविधिक समितिको यस अघिको सिफारिस लाई नै निरन्तरता दिन दवाव दिने निर्णय भएको नेकपा एमाले गलकोट विशेष ईलाका समितिका अध्यक्ष बुलबहादुर केसीले बताउनुभयो । डेलिकेशनका लागि नेकपा माओवादी केन्द्रका नेता फमलाल निउरेको संयोजकत्वमा सर्वदलिय समिति गठन गरिएको छ । 

कार्तिक २२ गते जिल्लामा डेलिकेशन जाने निर्णय भएको हो । आ–आफ्नो पार्टि च्यानल मार्फत जिल्ला र केन्द्रिय नेतृत्वलाई पनि दवाव दिने निर्णय भएको डेलिकेशन समितिका संयोजक फमलाल निउरेले जानकारी दिनुभयो । गलकोट साझा पहिचान सहितको ऐतिहाँसिक, प्राकृतिक, सांस्कृतिक लगायतका धेरै सम्भावनाले महत्वपुर्ण स्थान भएकाले यसलाई कुनैपनि सर्तमा छुट्याउन नहुने भन्दै त्यसो गरिएको जुनसुकै खालको संघर्ष गर्न तयार रहने नेताहरुले बताएका छन् । 

नेपाली काँग्रशका यामबहादुर श्रीस, मञ्जु चालिसे, सुरेन्द्रबम मल्ल, योगेश भण्डारी तथा नेकपा एमालेका ओमबहादुर सुनार, रामबहादुर खत्री, मिनबहादुर खत्रीको उपस्थिती थियो । त्यस्तै नेकपा माओवादी केन्द्रका तिलक उप्रेती, गुमानसिंह बुढाथोकी, चन्द्रदत्त रेग्मी, जीवनन भण्डारी तथा राष्ट्रिय जनमोर्चाका बेदिलाल सापकोटा टंकबहादुर केसी, पदम श्रेष्ठ नेकपा क्रान्तिकारी माओवादीका बाबुराम नेपाली लगायतको उपस्थिती रहको थियो । 

गलकोटलाई छुट्याउने गरि जिल्ला प्राविधिक समितिले गाउँपालिका प्रश्ताव गरेपछि समग्र गलकोट एउटै हुनुपर्ने मत राख्नेहरुले सम्पुर्ण गलकोटको एउटै आवाज, समग्र गलकोट एउटै नगर भन्दै सामाजिक सञ्जल फेसवुकमा अभियान नै चलाएका छन् । फेसवुकमा यस अघि बागलुङ जिल्लालाई छुट्याउने गरि गरिएको राज्यपुनसंरचनाको निर्णयलाई खारेज गर्न माग गर्दै गलकोटले गरेका विभिन्न आन्दोलनको स्मरण गर्दै त्यतिवेलाका फोटो पोष्ट गरिएको छ ।  उनिहरुले गलकोट फुटाउने षड्यन्त्र गर्नलाई पहिचान गरि भण्डाफोर गर्ने चेतावनी दिएका छन् । समाजिक सञ्जाल मार्फत गलकोटको प्रगतिका लागि एउटै गलकोट बनाउन सवै जुट्न अह्वान गरिएको छ । 

गलकोटसँग सम्बन्धित संघ संस्थाले पनि सामुहिक रुपमा एउटै गलकोट बनाउन सामाजिक सञ्जालमा अभियान नै सञ्चालन गरेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने