2026-07-07 08:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

पाल्पामा मावि सञ्चालन गर्न देउसीभैलो खेलेर पाँच लाख सङ्कलन

कात्तिक २१, पाल्पा । पाल्पा जिल्लाको मुझुङ्ग गाविस–२ बगैँचास्थित कालिका माविका शिक्षक विद्यार्थीले देउसीभैलो खेलेर रु पाँच लाख सङ्कलन गरेका छन् । 

मावि तहको ११ र १२ कक्षा सञ्चालनका लागि मुझुङ्ग गाविसभित्रका प्रत्येक घरधुरीमा देउसीभैलो खेलेको विद्यालयले जनाएको छ । विद्यार्थीले अध्ययन गर्ने विद्यालयमा कक्षा दशसम्म पढाइ सञ्चालन भए पनि मावि तहका दुई कक्षा सञ्चालन हुन नसक्दा विद्यार्थी अन्यत्र जानुपर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापक जनार्दन पाण्डेयले जानकारी दिनुभयो । 

मावि सञ्चालनका लागि देउसीभैलो खेल्दा गाविसवासीले पाँच सय देखि १२ हजारसम्म आर्थिक सहयोग प्राप्त भएको विद्यालयले जनाएको छ । वडा वडामा देउसीभैलो खेल्दै शिक्षक र विद्यार्थी पुग्दा स्थानीय बासिन्दा खुसी देखिएका थिए । ०५६ सालमा कक्षा १० सम्मको पढाइ हुँदै आए पनि एसएलसीपछिको पढ्न यहाँका विद्यार्थी छहरा, पालुङ्गमैनादी गाविसमा धाउनुपर्ने बाध्यता रहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने