2026-10-15 04:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

फेसबुकले जुटायो साढे ३५ लाख, जेष्ठ नागरिक अक्षयकोष अभियान जारी

गोविन्द बिश्वकर्मा/कात्तिक २२, सुर्खेत । प्रशान्ती बृद्धाश्रम सुर्खेतको जेष्ठ नागरिक अक्षयकोष निर्माण अभियानमा साढे ३५ लाख रकम जम्मा भएको छ । 

२०७० सालबाट सामाजिक सञ्जाल फेसवुक, सुचनाका अन्य माध्यम तथा प्रत्यक्ष जनसम्पर्कबाट अभियान चलाईएको बताउदै अभियानका संयोजक भद्र भण्डारीले अहिलेसम्म ३५ लाख ४० हजार ४ सय ६५ रुपैयाँ जम्मा भएको जानकारी दिए । 

आश्रम ब्यवस्थापन, कर्मचारी ब्यवस्थापन, जेष्ठ नागरीकको पालनपोषण, लत्ताकपडा, औषधोपचार, मनोरञ्जन आदिमा हुने खर्च अन्य दातासंग मागेर मात्र चलाउन नसकिने हुँदा अभियान चलाएको भण्डारीको भनाई छ । अभियानमा नयाँ १७ जना सदस्य बनेर देश विदेशबाट व्यत्तिगत रुपमा रु. ५० हजार १० भन्दा माथीको सहयोग गरेका छन् जसबाट करिव १३ लाख ४२ हजार ८ सय ५३ रुपैयाँ अक्षयकोषमा जम्मा भएको संयोजक भण्डारीले बताए । 

यस्तै, संस्थागत रुपमा १० हजार १० रुपैयाँ माथिको रकम सहयोग उपलब्ध गराई आजिवन सदस्य बनेका ३ सय ८० सदस्य रहेका छन् भने साधारण सदस्य २ सय ४४ रहेका छन् । ५ वर्षमा अथवा २०७५ सम्म एक करोडको कोष जम्मा गर्ने लक्ष्य बनाईएको छ । अक्षयकोषमा १ करोडका प्राप्त १३ प्रतिशत ब्याजदरले वर्षमा १३ लाख ब्याज प्राप्त हुन्छ । अहिले प्रशान्ती वृद्धाश्रममा ११ जनाले आश्रय लिईरहेको बताउदै भण्डारीले ०७५ मा ३० जना जेष्ठ नागरीकलाई राम्रो ब्यवस्थापन गर्न सकिने, कर्मचारी ब्वस्थापन, मनोरञ्जन, औषधोपचार गर्न सकिने बताए । 

उनले वृद्धामैत्री भवन निर्माणका लागी सरकारसंग माग गरेको बताउदै आगामी दिनमा प्रशान्ती वृद्धाश्रमलाई वृद्धमैत्री बनाउन पनि अक्षयकोषले सहयोग गर्ने बताए । विदेशमा रहेर सहयोग गर्न चाहाने सहयोगदाताले दुवईस्थित विदेश संयोजक सरोज बस्नेतका माध्यमबाट वीरेन्द्रनगर सुर्खेत स्थित आश्रमको नाममा रहेको ग्लोवल बैंकको खातामा रकम जम्मा गरेका छन् । यसरी विदेशबाट ५/७ लाख जम्मा भएको अभिानका संयोजक भण्डारीले बताए । 

यो बैंकमा जम्मा भएको रकम प्रयोग हुँदैन । आश्रम ब्यवस्थापन प्रायोजनगका लागी काक्रेविहार बिकास वैंकमा मुद्दती खाता बनाईएको छ । अहिले संकलन भएको रकम पनि यहि खातामा जम्मा रहेको संयोजक भण्डारीले बताएका छन् । अहिले यो रकमबाट प्राप्त ब्याजले नै आश्रमको ब्यवस्थापन गरेको भण्डारीले बताए । 

अभियानबाट राम्रो काम गर्न खोज्ने तथा ईमान्दार छवी भएका ब्यक्तिलाई सबैले सहयोग गर्ने अनुभव प्राप्त गरेको भण्डारीले बताए । उनले भने–“कुनै पनि काम गर्दा राम्रो ईमान (छवी) भएको मान्छेलाई सबैले साथ दिने रहेछन् म खुशी छु मलाई अहिलेसम्म धेरै नेपालीले सहयोग गरेका छन् ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने