2026-07-07 09:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरमा नौवटा स्थानीय तह बनाउने सहमति

कात्तिक २२, कञ्चनपुर । कञ्चनपुरमा नौवटा स्थानीय तह बनाउने सहमति भएको छ । 

स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिले राजनीतिक दलको सहमतिमा नौ स्थानीय तह बनाउने सहमति गरेका हुन् । 

स्थानीय तहको संरचना निर्धारणबारे जिल्ला विकास समिति कञ्चनपुरमा भएको सर्वपक्षीय बैठकले साविक आठ नगरपालिका र बाँकी चार गाविसलाई मिलाएर अर्को छुट्टै नगरपालिका बनाउने प्रस्तावमा सहमति जनाएको स्थानीय विकास अधिकारी राजेश पौडेलले बताउनुभयो । 

“भीमदत्त नगरपालिकालाई उपमहानगरपालिका बनाउनेबारे सहमति भएको छ”–उहाँले भन्नुभयो । 

दोधाराचाँदनी, बेल्डाँडी, बेलौरी, पुनर्वास, कृष्णपुर, झलारी पिपलाडी र बेदकोटलाई नगरपालिकामै कायम राख्ने सहमति भएको छ । 

देखतभुलीका वडा नं ८ र ९ लाई कृष्णपुरमा गाभ्ने निर्णय गरिएको छ । 

शङ्करपुर गाविसका सबै वडा, देखतभुलीका १ देखि ७ सम्मका वडा, बाइसेविचुवा र रैकवारविचवाका केही वडालाई सम्मिलित गरी लालझाँडी नगरपालिका बनाउने सहमति भएको स्थानीय विकास अधिकारी पौडेलले बताउनुभयो । 

यसअघि शङ्करपुर देखतभुली, बाइसेविचुवा र रैकवारलाई राना–थारुको बाहुल्यता रहेको क्षेत्रलाई रानाथारु स्वायत्त संरक्षित क्षेत्र घोषणा गर्ने जिल्ला प्राविधिक सहयोग समितिले निर्णय गरेको थियो । सङ्ख्याको मात्रै टुङ्गो लागेको र नामाकरणको टुङ्गो लाग्न बाँकी रहेको छ । 

“भौगोलिक, प्रशासनिक सुगमता, स्रोत साधनको उपलब्धता, जनसङ्ख्यालगायत आयोगले तोकेको मापदण्डका आधारमा राजनीतिक सहमतिमा स्थानीय तहमा सहमति भएको छ” – उहाँले भन्नुभयो । सहमति भएका विषयलाई सिफारिस साथ केन्द्रमा पठाइने उहाँले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने