2026-07-07 07:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनकुटा - DNK

आठपहरिया स्वायत्त क्षेत्र बनाउन माग

कात्तिक २३, धनकुटा । धनकुटामा बसोबास गर्दै आएका किरात आठपहरिया जातिले धनकुटा नगरपालिका क्षेत्रलाई आठपहरिया स्वायत्त क्षेत्र बनाउन माग गरेका छन् । 

किरात आठपहरिया सामाज नेपाल धनकुटाले सोमबार पत्रकार सम्मेलन गरी यस्तो माग गरेको हो । धनकुटानै आफ्नो विशेष थातथलो रहेकाले धनकुटा नगरपालिका क्षेत्रलाई आठपहरिया स्वायत्त क्षेत्र नामाकरण गरी स्थानीय तह पुनःसंरचना आयोगलाई सिफारिस गर्नुपर्ने उनीहरुको माग छ । 

पत्रकार सम्मेलनमा किरात आठपहरिया समाज नेपालका केन्द्रीय अध्यक्ष कमल छाराहाङ आठपहरियाले धनकुटा नगरपालिकालाई आठपहरिया स्वायत्त क्षेत्र उल्लेख नगरी आठपहरिया समुदायको भावना र चाहना माथि तुषारापात गरिएको बताउनुभयो । 

उहाँले आठपहरिया स्वायत्त क्षेत्र घोषणा नगरिए आठपहरिया समुदायले जस्तोसुकै मूल्य चुकाउन पनि पछि नपर्ने चेतावनी समेत दिनुभयो । धनकुटा नगरपालिका क्षेत्रमा करिब १५ हजार आठपहरियाको बसोबास रहेको आठपहरिया समाजले जनाएको छ । 

यसअघि आठपहरिया संरक्षित क्षेत्र धनकुटा नगरपालिका उल्लेख गरी पुनःसंरचना आयोगमा सिफारिस गरिएको भए पनि आठपहरियाले स्वायत्त क्षेत्रको माग गरेका हुन । 

स्वायत्त क्षेत्र हुनलाई ५१ प्रतिशतभन्दा बढी जनसङ्ख्या हुनुपर्ने प्रावधान छ । कुल ३६ हजार ६१९ जनसङ्ख्या रहेको धनकुटा नगरपालिकामा १५।७ प्रतिशत आठपहरिया जातिको जनसङ्ख्या रहेको धनकुटा नगरपालिकाका कार्यकारी अधिकृत तीर्थप्रसाद धितालले बताउनुभयो । 

प्रारम्भिक रुपमा धनकुटा जिल्लालाई दुई नगरपालिका र पाँच गाउँपालिका निर्माणका लागि पुनःसंरचना आयोगमा सिफारिस गरिएको छ । तर पनि सोही विषयमा पुनः छलफल गर्नेक्रम चलिरहेको स्थानीय निकाय पुनःसंरचना जिल्ला प्राविधिक समितिका संयोजक पर्वप्रसाद सापकोटाले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने