२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङमा नौ सामुदायिक स्वास्थ्य इकाई

२०७३, २४ कार्तिक बुधबार ०४:०२

कात्तिक २४, बागलुङ । स्वास्थ्य सेवाबाट कोही पनि वञ्चित नहुन् भन्ने उद्देश्यले जिल्लाका नौवटा गाविसमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको छ । 

सर्वसाधारणलाई घरदैलोमै स्वास्थ्य सेवा दिन खोलिएका इकाई अधिकांश दुर्गम गाविस लक्ष्यित छन् । जिल्ला स्वास्थ्य कार्यालय बागलुङका अनुसार स्वास्थ्यचौकीको पहुँच बाहिर रहेका सर्वसाधारणलाई इकाईले राहत दिलाएको छ । 

पायकमा स्वास्थ्यचौकी नभएका गाउँमा सामुदायिक स्वास्थ्य इकाई सञ्चालन गरिएको जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक महेश्वर श्रेष्ठले बताउनुभयो । “गाविसमा भएको स्वास्थ्य संस्थामा पायक नपर्ने र ठूलो भूगोलमा बस्ने सर्वसाधारण स्वास्थ्य सेवाबाट वञ्चित हुने अवस्था देखेर इकाई स्थापना गरेका छौँ,” प्रशासक श्रेष्ठले भन्नुभयो । 

हुग्दिशिर, दर्लिङ, निशी, पैँयूपाटा, जैदी, बोवाङको ढोरपाटनमा गत वर्षदेखि नै इकाई सञ्चालनमा आएका छन् । यो वर्ष ग्वालिचौर–८, खुङ्खानी–७ र अमरभूमिको भुस्कातमा इकाई स्थापना गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । प्रशासक श्रेष्ठका अनुसार सामुदायिक स्वास्थ्य इकाई स्वास्थ्यचौकीको सानो रुप हो जहाँ एक अहेव र एक अनमी गरी दुईजना स्वास्थ्यकर्मी रहन्छन् । 

स्वास्थ्यचौकीले दिने प्रायः सबै सेवा इकाईबाट प्रदान गर्ने गरिएको छ । सरकारले प्रत्येक वर्ष जिल्लाको आवश्यकता हेरी सामुदायिक स्वास्थ्य इकाई स्थापनाका लागि स्वीकृत प्रदान गर्ने गरेको छ । थप गाविसबाट पनि इकाई स्थापनाका लागि माग भइआएको प्रशासक श्रेष्ठले बताउनुभयो । “विगत तीन वर्षदेखि जिल्लामा प्रतिवर्ष तीनवटा इकाईका लागि सरकारले स्वीकृत प्रदान गरेको छ,” प्रशासक श्रेष्ठले भन्नुभयो, “आवश्यकता भएका ठाउँमा इकाई स्थापना गर्न सकिन्छ, थप ठाउँमा इकाई ल्याउनका लागि हामीले पहल गरिरहेका छौँ ।” 

विकट भूगोल भएका र स्वास्थ्यचौकीसम्म सहज पहुँच नभएका गाउँमा सामुदायिक स्वास्थ्य इकाई प्रभावकारी बनेको छ । खुङखानी–६ का वडा नागरिक मञ्चका संयोजक कुलबहादुर छन्त्यालले इकाई स्थापना भएपछि सर्वसाधारण हर्षित भएको प्रतिक्रिया दिनुभयो । खुङ्खानी–७, ८ र ९ का बासिन्दाले प्रत्यक्ष रुपमा इकाईबाट सेवा लिइरहेको उहाँको भनाइ छ । स्थानीयवासीकै सक्रियतामा सामुदायिक स्वास्थ्य सेवा इकाई सञ्चालन समिति गठन गरेर त्यसको व्यवस्थापन र सञ्चालन गर्ने गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी